म्यानमारमा सेनाले कम्तिमा ४० नागरिकको सामूहिक हत्या गरेको खुलासा
बर्मा : सत्ता हातमा लिएको म्यानमार सेनाले कम्तिमा ४० जनाको सामूहिक हत्या गरेको खुलासा भएको छ। बीबीसी समाचारका अनुसार सेनाले गत जुलाईमा कम्तिमा ४० जना नागरिकको सामूहिक हत्या गरेको हो।
प्रत्यक्षदर्शी र प्राप्त भिडियो तथा तस्बिरहरूले सो कुराको पुष्टि भएको बीबीसीले समाचार लेखेको छ। मारिएका अधिकांशलाई पहिले यातना दिएर गाडिएको थियो। गत जुलाईमा सो घटना विभिन्न चार स्थानमा भएको जनाइएको छ।
प्रत्यक्षदर्शीका अनुसार सागाइङ जिल्लाको यिन गाउँमा मात्र कम्तिमा १४ पुरुषको हत्या भएको थियो। सेनाले गाउँमा महिलालाई समेत लिएर आएका थिए।
प्रजातन्त्र पुनर्वहालीको माग गर्ने नागरिकको हत्या गरेको हुन सक्ने समाचारमा बताइएको छ। गत फेब्रुअरीमा सेनाले सत्ता कब्जामा लिएपछि कयौँ मानिस प्रजातन्त्र पुनर्वहालीको माग गर्दै सडकमा उत्रिएका थिए।
प्रतिक्रिया दिनुहोस !