यसै महिनाभित्र रेल सेवा सञ्चालान हुने : मन्त्री यादव

यसै महिनाभित्र रेल सेवा सञ्चालान हुने : मन्त्री यादव

महोत्तरी : नेपाली भूमिमा रेल यात्रा गर्ने नेपाली जनताको इच्छा यसै महिनाभित्र पूरा हुने भौतिक योजना तथा यातायातमन्त्री रेणु यादवले बताएकी छिन्। आइतबार महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीले जनताले मनामा थाती राखेको एक दशकको इच्छा अबको यसै महिनाभित्र पूरा हुने बताइन्। 

मन्त्री यादवले भनिन्, ‘हामीले केही दिनअगाडि मात्र रेल्वे विधयेक संसदबाट पारित गरायौं। अब रेल्वे प्राविधिकहरुलाई प्रशिक्षण दिइसकेपछि विधिवत रुपमा नेपाली भूमिबाट रेल यात्रा सुरु हुनेछ।’ 

देशकै निम्ति महत्वपूर्ण रहने सो अवसरमा दुवै देशका प्रधानमन्त्री भर्चुअल कार्यक्रम मार्फत रेल यात्राको उद्घाटन गरिने मन्त्री यादवले जानकारी दिइन्। 

हिमाल–पहाड र तराई क्षेत्रका हरेक स्थानमा सडक, पुल निर्माण गर्ने आफ्नो मातहतमा रहेको मन्त्रालयको योजना रहेकोले सरकारले क्रमिक रुपमा सो कार्य पूरा गर्नेमा मन्त्री यादवले धारणा राखिन्। उनले भनिन्, ‘अब सरकारले क्रमिक रुपमा कुर्थादेखि बर्दिबस हुँदै निजगढ अनि काठमाडौंसम्मको रेल सेवा विस्तार गरिनेछ। जसको लागि नेपाल सरकारले क्रमिक रुपमा प्रक्रिया अगाडि बढाइसकेको छ। नेपाली जनता अब सहज रुपमा रेलयात्रा गरिनेछ।’

जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेकी मन्त्री यादवले अब महिलाहरुलाई प्रत्यक्ष रुपमा राजनीतिक प्रतिस्पर्धामा उत्रिन आवश्यक छ। उनले भनिन्, ‘पछिल्लो समयमा आएर स्थानीय तहमा मेयर उपमेयरलाई साइड लगाएर वाहवाही कमाउने प्रवृतिको सुरुवात गर्दैछ। अब महिलाहरु उपमेयरमा सिमित नभइ मेयर पदमा प्रतिस्पर्धा गर्ने किसिमको दमदार भूमिकामा आउनुपर्नेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.