८३ को फिका सुरुवात

८३ को फिका सुरुवात

मुम्बई : निकै आशा गरिएको बलिउड चलचित्र ‘८३’ ले बक्स अफिसमा फिका सुरुवात गरेको छ। रिलिजका लागि लामो प्रतिक्षा गरिएको यो चलचित्रले बक्स अफिसमा अपेक्षाकृत उत्साह जगाउन भने सकेन। कोरोना भाइरसको महामारीका कारण रिलिज ढिलो भएको चलचित्रले दक्षिण भारतीय र हलिउड चलचित्रसँग प्रतिस्पर्धा गर्नु परेको छ। यसका साथै पछिल्लो समय ओमिक्रोनको त्रास बढेकाले पनि चलचित्रको ब्यापारमा नकारात्मक असर परेको जनाइएको छ। 

भारतीय सञ्चार माध्यमका अनुसार रिलिजको तीन दिनमा यस चलचित्रले बक्स अफिसमा ५० करोड रुपैयाँ पनि कटाउन सकेको छैन। अभिनेता रणवीर सिंहको चर्चा चुलिए पनि चलचित्रको व्यापारले भने निरास बनाएको छ। यो चलचित्र ३७४१ स्क्रिनमा रिलिज गरिएको थियो। त्यही कारण चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको थियो। तर, नतिजा उल्टो आयो। चलचित्रले रिलिजको दिन शुक्रबार १२ करोड ६४ लाख, शनिबार १६ करोड ९५ लाख र आइतबार १७ करोड ४१ लाख गरी जम्मा ४७ लाख भारु कमाउन सफल भयो। 

८३ ले कमजोर व्यापार गर्दा दक्षिण भारतीय चलचित्रले भने तहल्का मच्चाइरहेको छ। अल्लू अर्जुनको पुप्पाले रिलिजको १०औं दिनमा दुई सय करोडको व्यापार गरिसकेको छ। यसैगरी हलिउड चलचित्र स्पाइडर म्यान : नो वे होमले पनि बक्स अफिसमा रेकर्ड कायम गरिरहेको छ। यस्तोमा कबिर खान निर्देशित चलचित्र ८३ ले लगानी उठाउन त सक्छ भन्ने प्रश्न पनि तेर्सिएको छ। यो चलचित्र दुई सय ७० करोडमा निर्माण गरिएको हो। सन् १९८३ मा भारतले पहिलो पटक विश्वकप जित्दाखेरीको क्षणलाई चलचित्रमा उतारिएको छ।

१९८३ जुन २५ मा इङ्ल्यान्डको लड्स क्रिकेट मैदानमा दुई पटकको विजेता वेस्ट इन्डिजलाई पराजित गर्दै भारतले पहिलो पटक विश्वकप उचालेको थियो। रणवीरले तत्कालिन भारतीय क्रिकेट टोलीका कप्तान कपिल देवको भूमिका निर्वाह गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.