ताप्लेजुङमा 'तमु ल्होसार'को रौनक (फोटो फिचर)
ताप्लेजुङ : हिमाली जिल्ला ताप्लेजुङमा पनि गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइगरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । पूजाआजासहित विभिन्न खेलकुद, सांस्कृतिक कार्यक्रम, झाँकी पदर्शन, र्याली लगायतका कार्यक्रम गरी ल्होसार मनाइएको हो ।
तमु ल्होसारका अवसरमा (तमु ह्युल छोँज धिँ) गुरुङ राष्ट्रिय परिषद् ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा गुरुङ समुदायका मानिस आफ्नो भेषभूषा सहित सहभागी भएका थिए । साथै र्यालीमा अन्य समुदायका नागरिकको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
विभिन्न सांस्कृतिक बाजासहितको र्यालीले बजार पक्रिममा गर्दै फुङ्लिङ नगरपालिकाको उकालीपानीमा निर्मीत गुरुङ सामुदायिक भवनमा पुगेर शुभकामना आदान–प्रदान गरेको तमु ह्युल छोँज धिँ गुरुङ राष्ट्रिय परिषद् ताप्लेजुङका अध्यक्ष एनबी लामाले जानकारी दिए ।
पछिल्लो समयमा ताप्लेजुङमा जातजाती तथा समुदाय विशेष चाँडपर्वका अवसरमा हुने कार्यक्रममा यहाँका एकअर्का जातजाती तथा समुदायको उल्लेख्य सहभागिता देखिने गरेको छ । ल्होसारका अवसरमा गत पुस १३ गतेदेखि नै बुद्धिचाल, भलिबल, दौड लगायतका प्रतियोगिता भएका थिए ।
तोक्मेडाँडाबाट सुरुभएको दौड प्रतियोगिताको उपाधी दमक रनका याङदेव राईले जिते । ताप्लेजुङ रनका दिवश लिम्बू र प्रदिप लिम्बू क्रमसः दोस्रो र तेस्रो बने ।






प्रतिक्रिया दिनुहोस !