एमालेमा 'बा' भन्ने बाहेक अरुको स्थान छैन : अध्यक्ष नेपाल

एमालेमा 'बा' भन्ने बाहेक अरुको स्थान छैन : अध्यक्ष नेपाल

बेँसीसहर : नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताएका छन् । शनिबार लमजुङको बेँसी सहरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन चुनावसम्म कायम रहने भएपछि एमालेहरुको सातोपुत्लो गएको आरोप लगाएका छन् । 

‘अस्ति नेकपा (माओवादी केन्द्र)को अधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन चुनावसम्म रहने बताएपछि बैरीहरुको सातोपुत्लो गएको छ’, नेपालले भने, ‘विचराहरु अहिले रुदैँकराउँदै हिँडेका छन् । भुक्दै, गालीगर्दै हिँडेका छन् । उनीहरुलाई हिँड्न दिनुहोस् । कुकुर भुक्दै गर्छ, हात्ती लम्किदै गर्छ । हामी असल काम गरेर जनताको पक्षमा उभिएर अघि बढ्न प्रण गरौं’, उनले भने ।

नेकपाहुँदा केपी ओली तानाशाह बन्दै गएपछि प्रधानमन्त्रीको कुर्सीबाट सडकमा पछार्न परेको उनले बताए । ओलीलाई सत्ताको मात लागेर अंहकारी, घमण्डी र तानाशाही बन्न पुगेको आरोप लगाएका छन् । ‘तानाशाही बुद्धी बोक्नेहरुसँग पैठेजोरी खेल्यौं, चुनौती दियौं, संविधान मिच्नेलाई चुनौती दियौं, कुर्चीबाट तल झार्यौं’, उनले भने ।

उनले अब एमाले पार्टी पुरानो भएको र यसको भविष्य नरहेको बताए । अध्यक्ष नेपालले एमालेमा 'बा' भन्ने बाहेक अरुको स्थान नरहेको भन्दै त्यहाँ भित्र कमरेड भन्न नपाइने र 'बा' भनेर पूजा गर्दै खुट्टा छुनुपर्ने अवस्था रहेको बताए ।

आफ्नो पार्टीको तागत बढ्दै गएपछि एमालेहरुमा ढुकढुकी बढेर काँप्न थालेको उनले बताए । डरले उनीहरु आफुूहरुलाई गाली गर्न थालेको उनको भनाई थियो । उनले एमाले नेताहरुलाई प्रश्नगर्दै कस्ता कस्ता मान्छेलाई तह लगाएकाले तिमीहरु कुन मूल्यका मान्छे हौ र भनेर प्रश्न गरे ।

नेकपा एकीकृत समाजवादीका नेता एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किशान श्रेष्ठले गण्डकीमा नेकपा एमालेको पत्तासाफ गर्ने चुनौती दिए । उनले आफ्नो पार्टी मजबुत बन्दै गएको दाबी गरे ।

कार्यक्रममा नेकपा एसका उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठ, स्थायी कमिटि सदस्य एवं पूर्वमन्त्री उर्वादत्त पन्त लगायतले बोलेका थिए । अगुवा कार्यकर्ता प्रशिक्षण् अघि कार्यकर्ताहरुले बेँसी सहरमा शक्ति प्रर्दशन गरेको जिल्ला अध्यक्ष रामबावु अधिकारीले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.