योजना आयोगसगंको परामर्शमा विकासका काम द्रुत गतिमा जान्छन : केन्द्रीय सदस्य महर
डडेल्धुरा : कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय योजना आयोगसंगको परामर्शमा नेपाली कांग्रेसले देशभर विकास आयोजनाहरुकाे खाका तयार पारेर कार्यान्वयन गर्ने बताएका छन् ।
योजना मागका लागि निवेदन थुप्रैछन् । महत्वपूर्ण विकास निर्माणका कार्यका लागि योजना आयोगसम्म निवेदन पुगेका छन् । सबै योजनाहरु आयोगसगंको परामर्शमा क्रमश प्राथमिकताका आधारमा अगाडि बढाइने केन्द्रीय सदस्य महरले जानकारी दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलसहित सुदूरपश्चिम भ्रमणमा पुगेका महरले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन र संयोजनमा विकासका लागि स्थलगत भ्रमणगरी अध्ययन थालिएको र सोही अनुसार प्राथमिकतामा योजना राखि कार्यान्वयनका लागि अगाडि बढाइने बताए । सुदूरपश्चिमका नौ वटै जिल्ला भ्रमणगरी सोमबारमात्रै गृह जिल्ला पुगेका नेतामहरले युग सुहाँउदो र जनताका पिरमार्कालाई सम्बोधन हुने गरी विकास निर्माणका कार्य अगाडि बढाइने जिकिर गरे ।
केन्द्रीय सदस्यमा निर्वाचित भएपश्चात सुदूरपश्चिम भ्रमणमा आएका नेता महरको गृहजिल्ला डडेल्धुरा सदरमुकाममा भव्य स्वागत समेत भएको छ । नेपाली कांग्रेस डडेल्धुराको आयोजनामा गरीएको बधाई तथा सम्मान कार्यक्रममा स्थानीय नेता जनप्रतिनिधि र सर्वसधारणले नेता महरसंगै योजना आयोगका उपाध्यक्ष पौडेलको पनि स्वागत गरेका छन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले आफूहरु त्यही कामका लागि सुदूरपश्चिममा आएको र यहाँको धार्मिक पर्यटकिय विकासका लागि द्रुतमार्ग निर्माण गर्न सडक सजांलको स्तरोन्नती गरिने बताए । डडेल्धुरा प्राकृतिक रुपमा नै सुन्दर छ । यसमा थप आधुनिक विकास गरेर सौन्दर्यता झल्काउने बिश्वास दिलाए ।
नेपाली कांग्रेस डडेल्धुराले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नेता महरले परम्परागत रुपमा केन्द्रबाट योजना बनाउने भन्दा स्थानीय सरकारसहित जनतासंगको छलफलबाट र स्थानीय माग र आवश्यक्ता अनुसारका नयाँ योजनाको तर्जुमा गरिने जनाए ।
सुदूरपश्चिमको गरिबी हटाउन पश्चिमसेती परियोजना, लगायत सिँचाइ, विद्युतिकरण, खानेपानी, ग्रामिण सडकलाई प्राथमिकतामा राखिने योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले वताए । साथै सुदूरपश्चिमका सञ्चार गृह तथा सूचना प्रणालीका लागि पनि महत्वपूर्ण सञ्चार सम्बन्धिका योजनाहरुलाई अगाडि बढाइने उपाध्यक्ष पौडेलल जानकारी गराए ।
एक साता अघि प्रधानमन्त्री शेरवहादुर देउवाले नेता महर र योजना आयोगका उपाध्यक्ष पौडेलसहितको टोलीलाई सुदूरपश्चिको विकास योजनाको खाका तयारपार्न ९ वटै जिल्लामा खटाएका थिए । उक्त टोली सोमबार मात्रै डडेल्धुरा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस !