हफिजको सन्न्यास
इस्लामावाद : पाकिस्तानका अलराउन्डर मोहमद हफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। ‘प्रोफेसर’का नामले चर्चित हफिजले सोमबार अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग हुने घोषणा गरेका हुन्। १८ वर्ष सक्रिय क्रिकेट खेलेका हफिजले पाकिस्तान सुपर लिगलगायत अन्तर्राष्ट्रिय फ्रेन्चाइज टीट्वेन्टी क्रिकेट भने खेल्न सक्ने जनाइएको छ।
४१ वर्षीया हफिजले सन् २००३ मा जिम्बावेविरुद्धको खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए। उनले सुरुमा पार्टटाइम बलरका रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। उनले अन्तिम टीट्वेन्टी खेल भने अस्ट्रेलियाविरुद्धको विश्वकपको सेमिफाइनल खेलेका थिए। उक्त खेलमा पाकिस्तान पराजित भएको थियो।
हफिजले पाकिस्तानका लागि ५५ टेस्ट, दुई सय १८ एकदिवसीय र एक सय १९ टीट्वेन्टी खेल खेलेका छन्। उनले टेस्टमा तीन हजार ६ सय ५२, एकदिवसीयमा ६ हजार ६ सय १४ र टीट्वेन्टीमा दुई हजार पाँच सय १४ रन बनाएका छन्। उनले क्रिकेटको तीनवटै फरम्याटमा दुई सय ५३ विकेट लिएका छन्। उनले टेस्ट क्रिकेटबाट सन् २०१८ मा सन्न्यास लिएका थिए।
अन्तर्राष्ट्रिय करियर
- ५५ टेस्ट, ३६५२ रन, ३७.६४ औसत, १० शतक, ५३ विकेट
- २१८ एकदिवसीय, ६६१४ रन, ३२.९ औसत, ११ शतक, १३९ विकेट
- ११९ टीट्वेन्टी, २५१४ रन, २६.४६ औसत, ६१ विकेट
प्रतिक्रिया दिनुहोस !