ज्येष्ठ नागरिकले लगाए वडा कार्यालयमा ताला

ज्येष्ठ नागरिकले लगाए वडा कार्यालयमा ताला

महोत्तरी : बैंकले समयमै समाजिक सुरक्षाभत्ता उपलब्ध नगराएको भन्दै ज्येष्ठ नागरिकले गौशाला नगरपालिकाको ११ नं. वडा कार्यालयमा तालाबन्दी गरेका छन्। मंगलबार दिउँसो समयमै समाजिक सुरक्षाभत्ता उपलब्ध हुनुपर्ने माग गर्दै उनीहरुले कार्यालयको मुलगेटमा तालाबन्दी गरेका हुन्। 

त्रैमाशिक रुपमा पाउनुपर्ने भत्ता पछिल्लोपटक ६ महिना बित्दासमेत नपाएको ७८ वर्षीय रामनारायण महतोले बताए। भत्ता नपाउँदा चिसोमा न्यानो कपडा किन्न नपाएको महतोले गुनासो गरे। आफ्नो खातामा पैसा नहुँदा बैंकबाट खाली हात फर्किनुपरेको उनले बताए। 

उनीहरुको पैसा खातामा राख्न प्रक्रियागत रुपमा बैंकलाई कागजात पठाएको तर बैंकल खातामा पैसा डिपोजिट नगर्दा यस्तो अवस्था सिर्जना भएको वडा सचिव भरत साहले बताए। उनले भने, ‘विगतमा गौशालास्थित एनआइसी बैंकको लापरवाही गर्दा सेवाग्राही मार्कामा पर्दै आएका थिए। सो कुरा मनन गर्दै नगरपालिकाले यस आर्थिक वर्षदेखि बैंक परिवर्तन गरेको हो। तर अझ यो बैंकले झन समाजिक सुरक्षा भत्ता वितरणमा हेलचेक्र्याईं गर्दै आएको छ।’ 

सबै वडामा हरेक किसिमको भत्ता रकम पालिकाले समयमै पठाइसकेको तर केही वडाको सवालमा बैंकबाट समस्या आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापाले प्रतिक्रिया दिए। उनले सिस्टमबाट बैंक खातामा रकम जाने भएकाले कुनै कुनै खातामा समस्या भने हुन सक्ने स्वीकार गरेका हुन्। अधिकृत थापाले बाँकी रहेको स्थानमा चाँडै नै हरेक किसिमको भत्ता वितरण हुनेमा प्रतिवद्धता जनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.