शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण भएपछि विद्यालय बन्द

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण भएपछि विद्यालय बन्द

दाङ : दाङको तुलसीपुरको एक सामुदायिक विद्यालयमा विद्यार्थी र शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेन विधिबाट कोरोना भाइरस परीक्षण गर्दा विद्यार्थी र शिक्षक संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए।

केसीका अनुसार तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा माध्यामिक विद्यालयका चारजना विद्यार्थी र दुईजना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो। विद्यालयमा कोरोना संक्रमण भएपछि विद्यालाय बन्द गर्ने तयारी गरियको छ।

यसअघि सोमबार पनि एन्टिजेन विधिबाट विद्यार्थी र शिक्षकहरूको कोरोना परीक्षण गर्दा ६ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए। विद्यालयमा केही शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि मंगलबार पनि विद्यालयका शंकास्पद विद्यार्थी र शिक्षकहरूको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको हो ।

विद्यालयमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबारसम्म विद्यालय बन्द गर्ने तयारी भइरहेको विद्यालय प्रशासनले जानकारी दिएको छ। कोरोना फोकलपर्सन केसीका अनुसार सोमबार तुलसीपुर क्षेत्रका चारजना कर्मचारीसहित अन्य नागरिकमा समेत संक्रमण पुष्टि भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.