सेवामुखी कर्मचारी बन्न आग्रह
डडेल्धुरा : नेपाल निजामती कर्मचारी युनियनको आठौं जिल्ला अधिवेशनमा सहभागी वक्ताहरुले निजामती कर्मचारीले सेवा प्रवाह गर्दा प्रभावकारी र आकर्षक सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । कर्मचारी जुनसुकै कार्यालयमा सेवारत भएपनि उनीहरुले प्रवाह गर्ने सेवा जनताले अपेक्षा गरे अनुसार छिटोछरितो र भरपर्दो हुनुपर्नेमा वक्ताले जोड दिएका हुन् ।
बुधवार जिल्ला सदरमुकामको निर्माण व्यवसायी सघंको हलमा प्रमुख अतिथि नेपाली कांग्रेसका सभापती तथा परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साउदले आठौं जिल्ला अधिवेशनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै सभापती साउदले कर्मचारी जनमुखी हुनुपर्ने र जनता र राष्ट्र निर्माणमा कटिबद्ध भई लाग्नुपर्नेमा जोड दिएका छन् । निजामती कर्मचारीका आन्तरिकरुपमा धेरै समस्या होलान, समायोजन लगायत पदस्थापना, पदोन्नतीसगैं सरुवा-बढुवाका कुरा होलान ति कुरा आन्तरिक रुपमा मिलाउँदै गरौंला तर आफूआवद्ध कार्यालयबाट सेवा चुस्तदुस्त र पारदर्शीरुपमा अगाढी बढाउन नेपाली कांग्रेसका सभापती साउदले अनुरोध गरेका छन् ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि निजामती कर्मचारी युनियनका पूर्व केन्द्रीय कोषाध्यक्ष तथा गन्यापधुरा गाउपालिका अध्यक्ष नवलबहादुर मल्लले कर्मचारीले खाका तयार पारि जिल्लाको समग्र विकासका लागि डट्नुपर्ने बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियनको आठौं जिल्ला अधिवेसनले नयाँ नेतृत्वव समेत चयन गर्ने अध्यक्ष विरबहादुर ऐरले बताए । सकभर सर्वसम्मत नेतृत्व चयन गर्नमा लागि परेको निजामती कर्मचारीले बताएका छन् । उद्घाटनसत्रमा अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी अन्य कर्मचारी सघंसघंठनका प्रमुख र प्रतिनिधी, युनियनका केन्द्रीय पदाधिकारी, आधिकारीक कर्मचारी टे्डयुनियनका अध्यक्ष र पत्रकार लगायतको उपस्तिथी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस !