नेकपा एमाले गोरखाको अध्यक्ष, उपाध्यक्ष, सचिवसहित ६३ सदस्य सर्वसम्मत

नेकपा एमाले गोरखाको अध्यक्ष, उपाध्यक्ष, सचिवसहित ६३ सदस्य सर्वसम्मत

गोरखा : नेकपा एमाले गोरखाको सातौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र ६३ जना सदस्य सर्वसम्मत चयन गरेको छ। उपसचिव र अन्य सदस्यका लागि भने आइतबार बिहानैदेखि निर्वाचन सुरु भएको निर्वाचन कमिटीले जनाएको छ।

अधिवेशनले नयाँ कार्यकालको नेतृत्व फेरि पनि प्रेम गुरुङलाई सर्वसम्मत चयन गरेको छ। उपाध्यक्ष पदमा कृष्ण नेपाली र सचिवमा काजीराम रोका सर्वसम्मत चयन भएका छन्। 

दुई जना उपसचिवमा राजन गुरुङ, सुरेशबाबु श्रेष्ठ र विशाल थापाको उम्मेद्वारी परेको छ। आदिवासी जनजाति महिलामा कोपिला कुमाल निर्विरोध भएकी छन्। भूगोल ५० जनाको सिटमा धार्चे गाउँपालिकाको पुरुषतर्फ सन्तबहादुर गुरुङ, सुकबहादुर गुरुङ, सोनाम लामा, महिलातर्फ सुस्मिता घले सर्वसम्मत भएका छन्। बारपाक सुलिकोटमा सुजन गुरुङ, दलबहादुर भट्ट, अजिरकोटमा गणेश तामाङ, कुलबहादुर गुरुङ, गीताकुमारी पोखरेल, गोनपामा रामबहादुर खड्का, रामबाबु बोगटी, प्रवीण श्रेष्ठ, धनबहादुर आले, ताराकुमारी बस्नेत, नर्मदा कट्टेल निर्विरोध भएका छन्। 

भीमसेनथापा गाउँपालिकामा सुनील लामिछाने, एकदेव अर्याल, शान्तमणि सिँखडा र चन्द्रमाया गुरुङ, आरुघाट गाउँपालिकामा कृष्णबहादुर धमला, हुकुमबहादुर खड्का, दुर्गाबहादुर रम्तेल, रुपेश रिजाल, रेनुका न्यौपाने र सञ्चिता गुरुङ चयन भएका छन्। सहीद लखन गाउँपालिकामा दीपबहादुर केशी, सुरज केशी, गणेश थापा, देवी थापा, सरिता ढकाल, चुमनुब्री गाउँपालिकामा राज गुरुङ र लोप्साङ लामा, गण्डकी गाउँपालिकामा गोविन्द्रप्रसाद रेग्मी, टंकनारायण श्रेष्ठ, छविलाल तिवारी, रेनुका नहर्की चयन भएका छन्। 

त्यस्तै पालुंटार नगरपालिकाबाट रमेश कँडेल, मिनबहादुर बानियाँ, चित्रबहादुर केशी, महेन्द्र प्रसाद तिमिल्सिना, इन्द्र देवकोटा, गम्भीरा बराकोटी, सिरानचोक गाउँपालिकाबाट ज्ञानेन्द्र सुवेदी, राजेश ढकाल, अनील कुमाल, रमनादेवी ढकाल, बिमला कुमाल चयन भएका छन्। 

त्यस्तै उत्पीडितमहिलातर्फ केलरिङ सुनार, कल्पना बयलकोटी, मुस्लिम पुरुषतर्फ सलाउद्दिन मियाँ, मुस्लिम महिलातर्फ रसिया मियाँ, सिमान्तकृतमा वुद्धिबहादुर घले, सीमान्तकृत महिलामा सविता बराम, अपांगमा नवराज अधिकारी, मजदुरबाट सुमन श्रेष्ठ निर्विरोध चयन भएका छन्।

१० खुल्ला महिलाहरु निर्विरोध भएका छन्। जसमध्य जुना थापा, सरस्वती भट्ट, पार्वती थापा, गीता भट्ट, सर्मिला तामाङ, सुष्मा रोका, कल्पना खड्का सर्वसम्मत चयन भएका छन्। 

आदिवासी जनजाति पुरुष पाँचका लागि १० जनाको उम्मेद्वारी परेको छ। उत्पीडित पुरुष ३ पदका लागि १३ जनाको उम्मेदवारी परेको छ भने २० जना रहने खुल्ला पुरुषतर्फ २९ जनाको उम्मेद्वारी परेको छ। निर्वाचन कार्यक्रम आइतबार बिहान साँढे सातबजेदेखि सुरु हुने निर्वाचन कार्यालयले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.