कोरोना त्रास : सुनसान पर्यटकीय क्षेत्र

कोरोना त्रास : सुनसान पर्यटकीय क्षेत्र

पोखरा : द्रुत गतिमा कोरोना संक्रमण फैलन थालेपछि यहाँका पर्यटकीय क्षेत्र सुनसान भएका छन्। दोस्रो लकडाउन हटेपछि असोज महिनाको दोस्रो सातादेखि पोखराका पर्यटकीय क्षेत्रमा चहलपहल बढेको थियो। 

यहाँ सञ्चालनमा रहेका सहासिक खेलहरु प्याराग्लाइडिङ, बन्जी जंप, जिपलाइन लगायतका गतिविधि गर्ने पर्यटकको पनि उस्तै चाप थियो। अंग्रेजी नयाँ वर्ष र त्यसपछिका केही दिनसम्म पनि दैनिक ३ सयभन्दा बढीले पोखराको आकाशमा प्याराग्लाइडिङ गरेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए। ओमिक्रोन त्रासका कारण यति बेला भने पर्यटन उद्योग सुनसान रहेको भण्डारीले सुनाए।

अंग्रेजी नयाँ वर्षमा पोखरामा भएको सडक महोत्सव अघि देखि नै भारतीय पर्यटक पनि निजी गाडीमा आउने क्रम बढेको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए। यति बेला भने पर्यटकको संख्या ५ प्रतिशत पनि नरहेको उनले बताए। यहाँ भएका पर्यटक पनि जान थालेको र मार्च, अप्रिल महिनाकालागी विदेशी पर्यटकले गरेको बुकीङ पनि क्यानसिल गर्न थालेको परिषदका अध्यक्ष भट्टराईले बताए।

नयाँ वर्षको तीन दिन पोखराको लेकसाइड, बेगनासताल किनार मात्र होइन धम्पुस र सराङ्कोट लगायतका क्षेत्रमा पनि पर्यटकको चहलपहल बढेको थियो। न्यू इयर इभको दिन लेकसाईडका ८० प्रतिशतभन्दा बढी होटलमा अकुपेन्सी रहेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। 

सन् २०२२ लाई स्वागत गर्न रेस्टुरेन्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले सडक महोत्सव आयोजना गरेकोले नयाँ वर्षको अघिल्लो रात लेकसाइड र पोखरा वरपरका होटल पनि भरिभराउ भएका थिए। त्यसपछि पनि भारतीय र आन्तरिक पर्यटक चहलपहल भइरहेको थियो। कोभिड विरुद्धको खोप लगाएर पर्यटक घुम्न निस्कन थालेका थिए। पछिल्लो समयमा द्रुत गतिमा फैलिएको कोरोना भाइरसका कारण लामो समय थला परेर चलायमान हुँदै गरेको पर्यटन उद्योग पुन पर्यटक बिहीन भएको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष सोमबहादुर थापाले बताए। 

यति बेला पोखराको सबैभन्दा व्यस्त रहने बिजीबी क्याफे सुनसान रहेको छ। मंगलबारदेखि क्याफे सुनसान रहेको क्याफेका सञ्चालक मध्येका एक योगेश भट्टराईले बताए। जिल्ला प्रशासन कार्यालय कास्कीले कास्की जिल्लामा कोरोना संक्रमण दर ५० प्रतिशत रहेको जनाएको छ। यसैले कोरोना संक्रमण नियन्त्रण गर्न सिनेमा हल, पार्टीप्यालेस, दोहारी डान्सबार लगायत सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.