गौशालाका सामुदायिक विद्यालय माघ १५ सम्म बन्द

गौशालाका सामुदायिक विद्यालय माघ १५ सम्म बन्द

महोत्तरी : शितलहर र बाक्लो हुस्सुको कारण जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि गौशाला नगरपालिकाले अगामी माघ १५ गतेसम्मका लागि सामुदायिक विद्यालयमा बिदा दिएको छ। यसअघि माघ ४ गतेसम्मका लागि दिइएको जाडो बिदा बढाएर माघ १५ गतेसम्म कायम गरिएको हो। 

नगरपालिकाको कार्यालयले बिहीबार एक सुचना प्रकाशन गरी कोभिड १९ को भयावह अवस्था र अत्याधिक बढेको चिसोपनले जनजीवन अस्तव्यस्त भएपछि सामुदायिक विद्यालयमा अगामी माघ १५ गतेसम्मको लागि बिदा मिलाइएको जनाएको छ। 

कोभिडको प्रकोप र शितलहरको कारण स-साना बालबालिका विद्यालय जान असमर्थ रहेकाले नगरपालिकाले सो निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले बताए। यस अवधिमा भौतिक रुपमा पठनपाठन गर्ने अवस्था नरहेकोले बैकल्पिक माध्यमले पठनपाठन गराइने व्यवस्था मिलाउनका लागि नगरपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको छ। 

यसअघि देशभरका सामुदायिक विद्यालय बन्द रहेको समयमा गौशाला नगरपालिकाले माघ ५ गतेदेखि विद्यालय पूर्ववत रुपमा सञ्चालनका लागि आग्रह गरेको थियो।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.