हिमपातमा खोप कार्यक्रम
माघ ८, २०७८ शनिबार १०:२३:०
गोरखा : धार्चे गाउँपालिका ४ लाप्राकको एकीकृत नमूना बस्तीमा हिमपातका बाबजुद नियमित खोप कार्यक्रम चलेको छ।
२८०० मिटर उचाइमा रहेको स्थानीय स्वास्थ्यचौकीमा नमूनाबस्तीका २८ जना बालबालिकाले खोप लगाएका छन्। आउँदो सोमबारदेखि कोभिडको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्यचौकीले जनाएको छ।

