दुई दिनमा चारजना लागुऔषध कारोबारी पक्राउ

दुई दिनमा चारजना लागुऔषध कारोबारी पक्राउ

महोत्तरी : महोत्तरीमा दुई दिनको अवधिमा लागुऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गौशालाले विभिन्न स्थानमा गस्तीको क्रममा खानतलासी गर्दा उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो । 

आइतबार दिउँसो प्रहरीको टोलीले गौशाला न.पा.९ मा चेकजाँच गर्ने क्रममा प्रदेश २–०२–००५ प.४८६१ न.को मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल चालक गौशाला न.पा.६ का १९ वर्षीय गोविन्द महरा र १९ वर्षीय राजा यादबलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो । 

प्रहरीले दिएको जानकारी अनुसार उनीहरुको शरीर खानतलासी लुकाइ छिपाइ ल्याउँदै गरेको नाइट्रोभेट १० लेखिएको २ पत्तामा ३० ट्याबलेट बरामद भएको हो । 

त्यस्तै शनिबार साँझ साढे ७ बजेतिर इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको टोलीले सम्सीबाट गौशालातर्फ आउँदै गरेको बा ५० प ५७४३ नं. को स्कुटी मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक जिल्ला धनुषा बटेश्वर गा.पा. ४ का २० वर्षीय सुमित कार्की र सोही स्कुटीको पछाडी सवार बटेश्वर गा.पा. ५ का २१ वर्षीय मेसन भुर्तेललाई नियन्त्रणमा लिएको हो । 

खानतलासीको क्रममा प्रहरीले उनीहरुले लगाएको ज्याकेटको खल्तीबाट नाइट्रोभेट १० लेखेको १५ ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

पक्राउ परेका ४ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । 

पछिल्लो समयमा जिल्लामा लागुऔषधको कारोबार वृद्धि भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरिएको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.