त्रिपक्षीय हानथापले एमबीबीएसका विद्यार्थी मारमा

त्रिपक्षीय हानथापले एमबीबीएसका विद्यार्थी मारमा

काठमाडौं : नेपालबाट चीनसहितका विभिन्न देशमा गएर एमबीबीएस पढेका १ सय ५३ विद्यार्थीले अझै इन्टनसिप गर्न पाएका छैनन्। एमबीबीएस उत्तीर्ण भएर पनि इन्टनसिप नगर्दा चिकित्सकको हैसियत नपाउने हुँदा विद्यार्थी अन्योलमा छन्। नेपाल सरकार, नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगबीचको द्वन्द्वले भविष्य अनिश्चित बनेको पीडित विद्यार्थी गुनासो गर्छन्। सरकार, काउन्सिल र आयोगले एक–अर्कातर्फ समस्या तेस्र्याएको उनीहरू बताउँछन्। 

२०२१ को जुलाईसम्म सैद्धान्तिक कक्षा पूरा गरेका विद्यार्थीको हकमा इन्टनसिप गर्न पाउनुपर्ने उनीहरूको माग छ। चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले जिम्मेवारी बोध नगरेको विद्यार्थीको आरोप छ। नेपाल मेडिकल काउन्सिलले इन्टनसिपका लागि अनुमति नदिँदा आफूहरू आन्दोलित बन्नुपरेको उनीहरू गुनासो गर्छन्। 

एमबीबीएसका लागि सन् २०१५ ब्याचमा भर्ना भएका विद्यार्थीलाई मन्त्रिपरिषद्को निर्णयपछि शिक्षा मन्त्रालयले नेपालमा नै बसी बाँकी अध्ययन अनलाइनमार्फत गर्न अनुमति दिएको थियो। चिकित्सशास्त्रको अध्ययनका लागि चीन गएका विद्यार्थीहरूलाई कोभिडको जटिल परिस्थिति कारण नेपाल सरकारमार्फत नेपाल ल्याइयो। 

केही आफैं नेपाल फर्किए। उनीहरूको अध्ययनमा असर नपर्ने गरी अनलाइन कक्षामार्फत अध्ययन पूरा गरेको बताएका छन्। अब मात्रै इन्टनसिप बाँकी छ। 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले समस्या समाधान गर्न कार्यदल बनायो। कार्यदलले सन् २०१५ ब्याचमा भर्ना भइहालसम्म सैद्धान्तिक अध्ययन गरेका विद्यार्थीलाई नेपालमै बाँकी अवधि प्रयोगात्मक अभ्यास पूरा गर्ने व्यवस्था गर्ने निर्णय पनि गर्‍यो। आवेदन खुला पनि भयो। तर, उक्त निर्णय कार्यान्वयन भएन। आवेदनमा चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित निकायहरूबाट विश्लेषणका लागि मन्त्रालयमार्फत आवश्यक विवरण संकलन गर्ने भनी सिफारिस प्राप्त भएअनुसार विदेशमा चिकित्सा शिक्षा अध्ययनरत कोभिड–१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नभएका तर, उक्त अभ्यास पूरा गर्न इच्छुक विद्यार्थीका लागि सो निर्णय गरिएको उल्लेख छ। 

आवेदनपछि गत पुस २२ मा चिकित्सा शिक्षा आयोगलाई निर्णय कार्यान्वयन गर्न मत्रालयले पत्रचार पनि गर्‍यो। पत्रमा मेडिकल काउन्सिलसँग समन्वय गरी इन्टनसिप गराउन भनिएका थियो। आयोगले काउन्सिललाई पनि पत्रचार गर्‍यो। तर, हालसम्म समस्या समाधान नभएको नाम नबताउने शर्तामा विद्यार्थी बताउँछन्। ‘एमबीबीएस पढ्ने क्रममा कोभिड महामारी फैलिएपछि नेपाल फर्कियांै। बाँकी अध्ययनका लागि मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षा मन्त्रालयले अनलाइन कक्षामार्फत पूरा गर्ने भनेबमोजिम गर्‍यौ। अध्ययन सकेपछि इन्टनसिप गर्नुपर्ने हुन्छ जुन हामीलाई गर्न दिइएको छैन। नेपाल मेडिकल काउन्सिलमा इन्टनसिपका लागि गयौं,’ नाम नबताउने शर्तमा विद्यार्थी भन्छन्, ‘काउन्सिलले चासो लिएन्। चिकित्सा शिक्षा आयोगले गर्नुपर्छ भन्नुपर्छ भन्ने कुरा आयो एकले अर्कोलाई भन्दै ६ महिना बित्यो। शिक्षा आयोगले जवाफ दिन चाहेको छैन।’

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल विद्यार्थीका समस्या समाधानका लागि पटक–पटक बैठक बस्दै आएको बताउँछन्। उनले भने, ‘इन्टनसिपको उपाय निकाल्न ५/७ पटक बैठक बसिसकेका छौं। मेडिकल काउन्सिलका प्रवक्ता कृष्ण अधिकारीले २०१४/१५ ब्याचका लागि नेपालमै इन्टनसिप गर्न दिइएको र उनीहरूको समस्या समाधान भएको बताए। चिकित्सा शिक्षा आयोगका सदस्य सचिव भोजराज काफ्ले पढाइ पूरा गरेका विद्यार्थीहरूले इन्टनसिप गर्न पाउनुपर्ने बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.