स्थानीय तहको निर्वाचनको तीव्र तयारीमा काँग्रेस डडेल्धुरा

स्थानीय तहको निर्वाचनको तीव्र तयारीमा काँग्रेस डडेल्धुरा

डडेल्धुरा : नेपाली काँग्रेस डडेल्धुरा अगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनको निर्वाचनको तीव्र तयारीमा जुटेको छ। शुक्रबार बसेको तेस्रो जिल्ला कार्यसमितिको बैठकले निर्वाचनको पूर्व तयारीमा विभिन्न समितिहरु संयोजक र सदस्यहरु मनोनित गरेको नेपाली काँग्रेस डडेल्धुराका सचिब हेमराज चटौतले बताए। 

सातौं जिल्ला अधिवेसनबाट निर्वाचित कार्य समितिको तेस्रो बैठकले कार्य सम्पादन समितिसँगै अनुशासन समिति र अन्य समितिसमेत गठन गरेको छ। बैठकले कार्यसम्पादन समिति, विभिन्न शाखाहरु प्रशिक्षण शाखा, भातृ सगंठन शाखा, विकास शाखा, प्रचारप्रसार शाखा, अभिलेख शाखा, कार्यक्रम तथा समन्वय शाखा, परामर्श सल्लाह सुझाव तथा निर्देशिका समितिलगायतका शाखा र समिति गठन गरेको छ।

सभापतिको नेतृत्वमा १३ सदस्यीय कार्यसम्पादन समिति र सल्लाह सुझाव तथा निर्देशन समिति गठन गरिएको छ। निर्देशन समितिको सदस्यमा महासमिति सदस्य गोबिन्दराज बोहरा, महासमिति सदस्य रघुबर भट्ट, महासमिति सदस्य नरभान कामी र महासमिति सदस्य जनकराज कलौनी रहेका छन्। 

नेपाली काँग्रेस डडेल्धुराका उपसभापति डील्लीराज जोशीको संयोजकत्वमा ३ सदस्यीय अनुशासन समिति गरिएको छ भने सो समितिको सदस्यमा प्रेम बहादुर र अर्जुनसिंह साउँद रहेका छन्। अर्का उपसभापति लक्ष्मीप्रसाद अवस्थीको संयोजकत्वमा प्रशिक्षण समिति, सचिब हेमराज चटौतको संयोजकत्वमा अभिलेख समिति, अर्का सचिब शेरबहादुर भण्डारीको संयोजकत्वमा संगठन बिभाग गठन गरिएको छ। 

प्रचारप्रसार समितिका संयोजकमा सहसचिब प्रेमबहादुर महर, विकास शाखा प्रमुखमा अर्को सहसचिब गोबिन्द राज बोहरा, कार्यक्रम तथा समन्वय शाखा प्रमुखमा महासमिति सदस्य सरस्वती खड्का मनोनित गरिएको छ। 

स्थानीय तहको निर्वाचनमा लक्षित गरी नेपाली काँग्रेस डडेल्धुरा सबै भातृ तथा शुभेच्छुक संगठन चलायमान गर्ने निर्णय गरेको छ। यसका साथै नेपाल महिला सघं डडेल्धुराले पनि सवै स्थानीय तहमा सगंठन विस्तार गर्ने निर्णय गरेको छ। यसैगरी स्थानीयतहको निर्वाचनलाई केन्द्रितगरी महिला संघ डडेल्धुराले सातवटै स्थानीय तहमा नेतृत्व चयन गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.