ज्यान मार्ने मुद्दाका आरोपित सुवेदी २१ वर्षपछि पक्राउ
![ज्यान मार्ने मुद्दाका आरोपित सुवेदी २१ वर्षपछि पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/arrest-_20220217105218_OB8jdLheKU.jpg)
स्याङ्जा : ज्यान मार्ने उद्योगका आरोपित शंकर सुवेदी झण्डैं २१ वर्षपछि पक्राउ परेका छन्। फैसलापछि आँधीखोला गाउँपालिकामा लुकीछिपी बसेको अवस्थामा २० वर्ष १० महिना ३ दिनपछि पक्राउ परेका प्रहरीले जनाएको छ।
आधीखोला गाउँपालिका ३ बस्ने ५० वर्षीय सुवेदीले २०५३ बैशाख २ गते सोही स्थानमा बस्ने बलबहादुर बोगटीलाई बियरको बोतलले टाउकोमा हानी घाइते बनाइ पैसा समेत चोरी लगेको भन्ने आरोप छ।
तत्कालिन पुनरावेदन अदालत पोखराले २०५८ सालमा ५ वर्ष कैद तोकेपछि फरार रहेका उनी आफ्नै गाउँघरबाट बुधबार पक्राउ परेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
आरोपित सुवेदीलाई बिहीबार जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)