युक्रेनमा रसियाका ४५० सैनिक मारिएको बेलायती रक्षामन्त्रीको दाबी

युक्रेनमा रसियाका ४५० सैनिक मारिएको बेलायती रक्षामन्त्रीको दाबी

लन्डन: बेलायतका रक्षामन्त्री बेन वालेसले रसियाका ४५० जना सैनिक मारिएको दाबी गरेका छन्। स्काइ न्युजसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन्। 'रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनभरि आक्रमण गर्न चाहेको हामीलाई लागेको छ। तर रुस धेरै पछाडि छ,' उनले भने।

उनले रसियाले युक्रेनको एउटा विमानस्थललाई कब्जामा लिने प्रयास गरेपनि असफल रहेको दाबी गरे। 'रुसका ठूल्ठूला दाबीहरु गलत सावित हुँदैछ। पुटिनलाई लाग्थ्यो युक्रेनका जनताले साथ दिन्छन्। तर आम जनता रसियाको विरोधमा उत्रिएका छन्,' उनले भने। उनले रसियाको सैनिक कारबाही बिफल हुँदै गएको दाबी गरे। 

बेलायतले युक्रेन मामिलामा हस्तक्षेप गरेपछि रसियाले ब्रिटिस एयरलायन्सका विमानहरुलाई रसियामा अवतरण गर्न बन्देज लगाएको छ। यतिमात्र होइन, ती जहाजहरुलाई रसियाको भूमिसमेत प्रयोग गर्न नदिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.