माधव-प्रचण्डले राष्ट्रघाती काम गरे : थापा
![माधव-प्रचण्डले राष्ट्रघाती काम गरे : थापा](https://annapurnapost.prixacdn.net/media/albums/Surya-Thapa_20220301115904_ag2FjHjyGv.jpg)
बुटवल : नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रघाती काम गरेको बताएका छन् ।
दुई घण्टा अगाडि एमसीसी राष्ट्रघाती बताउँदै आएका माधव- प्रचण्डले दुई घण्टापछि हस्ताक्षर गरेर पास गरेको भन्दै नेता थापाले आपत्ती जनाए। नेकपा एमाले माण्डवी गाउँपालिका संगठन कमिटी प्यूठानले चकचकेमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले एमसीसी पास गराउने सन्दर्भमा नेकपा एमालेलाई सरकारले सहभागी नगराएको समेत उल्लेख गरे ।
‘सात महिनादेखि हाम्रो पार्टी निरन्तर सभामुखको व्यवहारविरुद्ध विरोधमा छ, 'उनले भने,'विभिन्न सन्धी सम्झौतामा प्रतिपक्षको भूमिका हुँदैन्, त्यो सरकारले गर्ने विषय हो । तर सभामुखले १४ जना गैर सांसद्को हस्ताक्षर गराएर एमसीसी पास गराए ।’
उनले सभामुखको पक्षपातपूर्ण व्यवहारको एमालेले विरोध गरिरहने उल्लेख गरे । पार्टीको नीति सही नहुँदा जोसुकै पार्टीको हालत प्रचण्डकै जस्तो हुने उनले टिप्पणी गरे । आउँदो निर्वाचनमा एमालेले बहुमतका साथ विजयी हाँसिल गर्ने समेत उनले ठोकुवा गरे ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)