दमौली बजारको हार्डवेयर पसलमा भीषण आगलागी
![दमौली बजारको हार्डवेयर पसलमा भीषण आगलागी](https://annapurnapost.prixacdn.net/media/albums/aaglagi3_20220306055024_gxnBTxDjUb.jpg)
तनहुँ : दमौली बजारस्थित भोलेटार चोकको एउटा पसलमा भीषण आगलागी भएको छ। ब्यास नगरपालिका ४ स्थित भोलेटार चोकमा रहेको भूपाल हार्डवयर पसलमा बिहान १० बजेतिर लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन। जिल्ला प्रहरी तनहुँका अनुसार आगो नियन्त्रणको प्रयास भइरहेको छ।
अहिले प्रहरी र स्थानीय आगो नियन्त्रणमा जुटेका छन्। आगो नियन्त्रणका लागि एउटा दमकल र चारवटा पानी ट्यांकरको प्रयोग गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)