सिरहा कांग्रेसमा विवाद कायमै : संस्थापनइतर पक्षले गरे समानान्तर समिति घोषणा

सिरहा कांग्रेसमा विवाद कायमै : संस्थापनइतर पक्षले गरे समानान्तर समिति घोषणा

सिरहा : नेपाली कांग्रेस सिरहामा असन्तुष्ट पक्षले पनि जिल्ला कार्यसमिति घोषणा गरेका छन्। गत सोमबार भएको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै मतदान वहिष्कार गरेको संस्थापन इतरको समूहद्वारा सभापतिका प्रत्यासी रामसुन्दर चौधरीको नेतृत्वमा समानान्तर समिति घोषणा भएको हो।

सदरमुकाम सिरहास्थित जिल्ला समन्वय समितिको समिक्षालय भवनमा बुधबार बसेको असन्तुष्ट पक्षको भेलाले चौधरी नेतृत्वको प्यानललाई नै कार्यसमितिमा रुपान्तरित गरेको छ। जिल्ला कार्यसमिति घोषणा गर्दै निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा समूहका रामचन्द्र यादव नेतृत्वको कार्यसमितिलाई नमान्ने निर्णय पनि गरेका छन्। 

आफूहरूसँग दुई तिहाई प्रतिनिधि भए पनि रामचन्द्र यादवले शक्ति र प्रहरी प्रशासनको आडमा निर्वाचनमा धाँधली गरेर निर्वाचित भएका चौधरी पक्षको आरोप छ। यो चुनाव रद्द गरेर नयाँ निर्वाचन सदरमुकाममा गरिनुपर्ने माग उनीहरूको छ। 

अन्यथा आफूहरुले सबै गतिविधि यही समितिमार्फत सञ्चालन गर्ने उनीहरूले बताएका छन्। चुनावमा धाँधली भएको भन्दै चौधरी पक्षले मतदान चलिरहेकै बेलामा इतरपक्षका उम्मेदवारहरुले मतदान रोक्न निर्वाचन अधिकृतलाई आग्रह गरेका थिए। उनी माग सुनुवाई नभएपछि केन्द्रीय निर्वाचन समितिलाई पनि मतदान रोक्न निवेदन पठाएका थिए। तर, मतदान रोकिएनन। 

मतदान नरोकिएपछि चौधरी पक्षका उम्मेदवारहरु र निर्वाचन अधिकृत संजीव लामाबीच विवाद भएको थियो। विवादकैबीच दुई सयभन्दा बढी मतपत्र च्याताच्यात भएको उपसभापतिका उम्मेदवार गंगराम यादवले बताए। मतदान स्थलभित्र र बाहिर पटक-पटक झडप भएको थियो। झडपमा लहान सभापति रासलाल राय घाइते भए। त्यति हुँदा पनि मतदान नरोकिएपछि नारा जुलुस गर्दै मतदान स्थल छाडेका थिए। पुनः निर्वाचनको माग गर्दै चौधरी पक्षका उम्मेदवारहरु बाहिरिएका थिए।

निर्वाचन समितिले अबेर रातीसम्म मतदान गराएको थियो।  मंगलबार मतगणा सुरु भयो। त्यसमा पनि चौधरी पक्षका उम्मेदवारहरुले सहभागी जनाएनन्। उनी सहभागी नभए पनि निर्वाचन समितिले मतगणना जारी नै राखेको छ। सभापतिलगायत पदाधिकारीको मत परिणामा आइसकेका छन्। सभापतिमा रामचन्द्र यादव, दुई सभापति सुनिल महतो, जागेश्वर मण्डल, दुई सचिवमा शैलेन्द्र यादव, तारकेश्वर यादव, दुई सह–सचिवमा रामबाबु यादव र किरण विसी संस्थापन पक्षबाट निर्वाचित भएका छन्। सदस्यहरुको मतगणा जारी नै छ।

‘पुनः स्वच्छ वातावरणमा निर्वाचन नगराएसम्म मान्दैनौँ,’ चौधरीले भने,‘हामी निर्वाचन प्रक्रियाबाट पछि हट्दैनौँ तर, धाँधली गरेर जितेको मान्दैनौँ।’ मतदाता नभएका व्यक्तिहरुले पनि मतदान गरेको उनले सुनाए। संस्थापक्षकै इसारामा प्रहरी प्रशासन पनि सामेल रहेको उनले आरोप लगाए। 

‘गृह मन्त्री बालकृष्ण खाँडको दोस्रो श्रीमति मन्जु खाँडको उपस्थितिमा संस्थापन पक्षले प्रहरी र गुण्डा लगाएर धाँधली गरेको छ’, गंगाराम यादवले भने,‘हामीले पुनः भयरहित वातावरणमा निर्वाचनको माग गर्दछौँ।’ धाँधलीका कारण हजारौँ क्षेत्रीय प्रतिनिधि मतदान गर्नबाट वञ्चित भएको उनले सुनाए। आफूहरुलाई मतदान गर्न प्रवेश नै गर्न नदिएको क्षेत्रीय प्रतिनिधि संजय यादवले बताए। मतदान गर्न क्षेत्रीय प्रतिनिधि कार्ड र नेपाल सरकारबाट जारी भएको फोटोसहित कुनै पनि प्रमाणपत्र तोकिएको थियो। तर, निर्वाचनको बेला त्यो केही नखोजी मतदान गराएको उनले सुनाए। 

निर्वाचनमा कुनै धाँधली नभएको नवनिर्वाचित सचिव शैलेन्द्र यादवको जिकिर छ। पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने उनले बताए। 

विवादको सुरुवात

सिरहामा संस्थापन पक्ष दुई खेमामा विभाजन भएका छन्। १४ औँ जिल्ला अधिवेशनमा रामसुन्दर चौधरी र रामचन्द्र यादवले प्यानलसहित उम्मेदवारी घोषणा गरेका थिए। चौधरीलाई कोइराला र संस्थापन पक्षका केही नेताको साथ थियो।

केन्द्रबाट निर्वाचन अधिकृतको रुपमा खटिएका संजीव लामाले वडा, पालिका, प्रदेशसभा र क्षेत्रीय अधिवेशनसम्म सबैलाई सदरमुकाममै निर्वाचन समितिको कार्यालय स्थापना गरी अधिवेशन गराएका थिए। एमसीसीका कारण सिरहा कांग्रेसको निर्वाचन पटक पटक सारिँदै आएको थियो। जिल्ला अधिवेशन गराउन उनी सदरमुकाम जाँदै गएनन। त्यहाँ कुनै कार्यालय नै राखेनन्। 

गोलबजारबाटै निर्वाचन प्रक्रिया सुरु गर्ने बताउँदै आए। सभापति रामचन्द्र यादवले पनि आफ्नो पक्षका कार्यसमितिलाई बोलाएर गोलबजारमै निर्णय गरी निर्वाचन समितिलाई दिए। तर, चौधरी पक्षले निर्वाचन सदरमुकाममा हुनुपर्ने माग गर्दै आए।

मतदान स्थलको विषयमा विवाद लम्बिंदै गएपछि निर्वाचन अधिकृत लामाले दुवै पक्षलाई बोलाएर छलफल गराए। छलफलमा केन्द्रलाई लेखेर पठाउने जे निर्णय आए सोही अनुसार अगाडि बढ्ने सहमति भयो।   

तर, केन्द्रको निर्णय नआउँदै निर्वाचन प्रक्रिया सुरु भयो। सोही दिन यादवले उद्घाटन कार्यक्रम राखे त्यहाँ उनको पक्षका नेताहरु मात्रै सहभागी भएका थिए। अर्को पक्षले कुनै जानकारी नगराएको कारण आफुहरु उद्घाटनमा सहभागी नभएको बताए।

गोलबजारमै पनि चौधरी पक्षले निर्वाचनमा सहभागी जनाए। उम्मेदवारी दर्ता गराए। फेरी विवाद अयो मतपत्रको। चौधरी पक्षले मतपत्रमा सिरियल नम्बर, अर्धकट्टी र निर्वाचन अधिकृतको हस्ताक्षर हुनुपर्ने माग गरे। निर्वाचन अधिकृत लामाले उनीहरुको कुरा मानेनन्। मतपत्रमा स्टाम्प लगाएर प्रयोग गरिने बताए। निर्वाचनमा त्यही गरियो।

सुरक्षा निकायका प्रमुखहरुले गोलबजारमा पनि सुरक्षाको कमी नहुने आश्वास्न दिएका थिए। निर्वाचन ३ घण्टा ढिलो सुरु भयो। विद्यालयको फिल्डमै मतदाता रुजु र औँलामा मसी लगाएर भित्र मतदान गर्न जाने व्यवस्था थियो। रुजु गर्ने र मुल ढोकाको बीचमा प्रहरीले बेन्च हालेर घेरा बनाएको थियो। त्यो घेराभित्र रुजु गरेको मतदातालाई मात्रै प्रवेश दिने बताएका थिए। तर, त्यहाँ मतदान गरी सकेका व्यक्तिले पनि छिरेर पटक पटक मतदान गरेको चौधरी पक्षको आरोप छ। सुरक्षामा खटिएका प्रहरीले कुनै रोक नलाएको उनीहरुले सुनाए। 

‘मतपत्रमा चिन्ह लगाउने ठाउँमा पनि गोपनियता थिएन। खुल्ला ठाउँमै लगाउनु पर्थ्यो,’ जिल्ला सदस्यका उम्मेदवार अशोक साहले भने,‘रामचन्द्र यादव पक्षको केटाहरुले जर्वजस्ती मतदाताको मतपत्रमा चिन्ह लगाउने कार्य गरेका छन्। संस्थापन पक्षले प्रहरी प्रशासन, निर्वाचन अधिकृतको मिलोमतोमा एकलौटी गरेको छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.