एमालेलाई गठबन्धनले धुलो चटाएपछि ओली मानसिक सन्तुलन गुमाएर जथाभावी बोल्न थाले : माधव नेपाल

एमालेलाई गठबन्धनले धुलो चटाएपछि ओली मानसिक सन्तुलन गुमाएर जथाभावी बोल्न थाले : माधव नेपाल

धरान : एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओली मानसिक सन्तुलन गुमाएर जथाभावी बोल्न थालेको आरोप लगाएका छन्।  शुक्रबार समाजवादी प्रेस संगठनले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो आरोप लगाएका हुन्।

ओलीले आजै पोखरामा सर्वोच्च अदालतबाट गोरु ब्याएको र ५ वटा बाच्छा पाएको भन्दै गठबन्धनको आलोचना गरेका थिए। उनले आफूलाई प्रधानमन्त्रीबाट हटाएर गठबन्धनको सरकार गठनका लागि परमादेश दिएको सन्दर्भमा निकाल्दै उहिल्यै ५२ सालमा एकजनाले गोरु ब्याउँदैन भनेको ब्यायो भनेको प्रसंग सुनाउँदै यसपालि पनि त्यस्तै भएको सुनाएका थिए।

उनले आफ्नो सरकार ढालेका माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पछुताइरहेको पनि बताएका थिए। अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई गठबन्धनले धुलो चटाएपछि ओलीले मानसिक सन्तुलन गुमाएर गठबन्धन सरकारविरुद्ध जथाभावी बोल्न थालेको बताए । 

मानसिक सन्तुलन गुमाएको मान्छे उपचार गर्न छाडेर सडकमा जथाभावी बोल्दा आफ्नै स्वास्थ्य बिग्रिने भन्दै नेपालले ओलीलाई उपचार गर्न सुझावसमेत दिए । नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन,मिलेर चुनावी तालमेल गर्ने पक्का भएकाले कसैलाई भ्रममा नपर्न आग्रह गरे। 

उनले प्रधानमन्त्री स्वयम् आफैले चुनाबी तालमेलको कुरा गरिसकेकाले चुनावसम्म गठबन्धन कायम रहने बताए।  सम्मेलनमा पत्रकारले एमसीसी पास गरेर अमेरिकाको मतियार बन्नु भयो नि भन्ने जिज्ञासामा उनले ओलीले हुबहु पास गर्न लागेकाले गठबन्धन आरकारले व्याख्यात्मक टिप्पणी गर्दै एमसीसी पास गरेको बताए ।

उनले एमसीसी संसदमा दर्ता गर्न लगाएर ओली एमसीसीको प्रवक्ता बनेको आरोप लगाए। नेपालले ओली प्रधानमन्त्री हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गलत व्यक्तिलाई नियुक्त गरेका कारण प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको तर्क गरे।

तस्बिर : अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.