नीतिकथा : इँटाले सिकाएको जीवनको अर्थ

नीतिकथा : इँटाले सिकाएको जीवनको अर्थ

कार्यकारी पदमा रहेका एक सफल युवक छिमेकमा पुगेका थिए। त्यहाँ राखिएको नयाँ कार चढ्दै गर्दा छेवैबाट एक बालक निस्किएको देखे। वास्तै नगरी उनी हतार हतार कार चढे र कार हुइँक्याउन थाले। त्यो बालकले इँटाले कारको ढोकामा हान्यो। उनले ब्रेक लगाए र बालकतिर हान्निए।

‘तिमीले कारमा के गर्‍यौ ? थाहा छ। नयाँ कारमा...’, उनी झोक्किए। बालक अलिकति डराए तर विनम्र र क्षमाप्रार्थी बनेर भने, ‘माफ गर्नुहोस् श्रीमान्। मलाई मद्दत गर्न कसैले चासो दिएनन्। बाध्य भएर इँटा हान्नुपर्ने भयो।’ बालक यति भनिरहँदा आँसु बगाइरहेका थिए। भने, ‘यो मेरो भाइ हो। ऊ ह्विलचेयरबाट पनि खस्यो र नराम्ररी चोट लागेर पीडा खेपिरहेछ। म उसलाई उठाउन पनि सक्दिनँ।’

बालकको बोली अवरुद्ध भयो। मन भारी बनाए। युवकले फर्किए र लडेका घाइते भाइलाई उठाएर ह्विलचेयरमा राखे। केही आर्थिक सहयोग पनि गरे। सबै ठिक हुनेछ भनेर बालकसँग कुरा गरेर कारतर्फ मोडिए। बालकले भने, ‘धन्यवाद सर। भगवान्ले तपाईंलाई आशिर्वाद दिनुहुनेछ।’

युवकले केही बोल्न सकेनन्। बालक भाइलाई सकीनसकी ह्विलचेयर धकेलिरहेको देखे। उनले कारको ढोका हेरे। उनलाई त्यो दाग प्यारो लाग्यो। यद्यपि ढोकामा भएको क्षति उल्लेखनीय थियो। त्यो मर्मत गर्न मात्र धेरै रकम लाग्थ्यो। तर पनि उनी चिन्तित देखिएनन्।

युवकले बुझे, ‘जिन्दगीमा यति छिटो पनि दौडनु नहुने रहेछ ता कि आफ्नो ध्या-नाकर्षणका लागि कसैले इँटा हान्नु परोस्।’ जीवनको लामो दौडमा नसिकेको पाठ उनले सिकेको महसुस गरे।

नैतिक शिक्षा :  जीवनमा हामीले अरूलाई सुन्नुपर्छ। होइन भने आफूप्रति आकर्षित गर्न कसैले हामीलाई इँटा हान्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.