थाइल्यान्डको स्थानीय क्लबसँग पनि हार्‍यो नेपाल

थाइल्यान्डको स्थानीय क्लबसँग पनि हार्‍यो नेपाल

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डको स्थानीय चोनबुरी एफसी क्लबसँग पनि पराजित भएको छ। चोनबुरी स्टेडियममा आइतबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ३–१ गोलले पराजित भएको हो। चोनबुरीका लागि फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक/एक गोल गरेका थिए। नेपालका दर्शन गुरुङले एक गोल फर्काएका थिए ।

खेलको २४औं मिनेटमा फान्थामितले गोल गर्दै चोनबुरीलाई सुरुवाती अग्रता दिलाएका थिए। ६५ औं मिनेटमा रेनाटोले गोल गर्दै चोनबुरीको अग्रता दोब्बर पारे। खेलको ८३औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै नेपाललाई २–१ को स्थितिमा ल्याएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा नाट्टापोङले गोल गर्दै घरेलु टोलीलाई ३–१ को जित दिलाए। नेपालले यस अघि थाइल्यान्डको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेलमा नेपाल २–० गोलले पराजित भएको थियो।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलेको हो। एसियन कप छनोटमा नेपाल  समूह ‘ए’ मा छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन्।

नेपाल रहेको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ। छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ। नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ। यस्तै दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ। जुन १४ मा नेपालले इन्डोनेसियासँग खेल्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.