माओवादी र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि एमालेमा प्रवेश
काठमाडौं : महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधि एमालेमा प्रवेश गरेका छन् । सोमबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराउँदै स्वागत गरेका हुन्।
महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेख फारूख नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका छन्। यसैगरी जलेश्वर नगरपालिकाको उपमेयर मनचुन देवी लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका हुन्।
यता नेपाली कांग्रेसबाट महोत्तरीको रामगोपालपुर नगरपालिका ३ र ४ का वडा अध्यक्ष पनि एमालेमा प्रवेश गरेका छन् । एमालेका अनुसार कांग्रेसका महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा नम्बर ३ का अध्यक्ष जयनारायण मण्डल, वडा नम्बर ४ का अध्यक्ष उमेश महतो, लोहरपट्टी नगरपालिका - ८ का अध्यक्ष रामबाबु यादव पनि एमाले प्रवेश गरेका हुन् ।
यसैगरी रामगोपालपुर नगरपालिका-८ का वडा अध्यक्ष रामविलास मण्डल पनि माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका छन्।
यता एकीकृत समाजवादीका रौतहट जिल्ला कमिटी सदस्य रामविनोद शाह र एकीकृत समाजवादीको बाराका नेता राम यादव पनि एमाले प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा प्रभु शाह लगाएतका नेताहरु पनि सहभागी भएका थिए।




प्रतिक्रिया दिनुहोस !