स्थानीय तह निर्वाचन : पाल्पामा २ लाख मतदाता, ११८ मतदानस्थल
तानसेन : निर्वाचन आयोगले आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ९९ हजार ६ सय ९० जनाको अन्तिम नामावली सार्वजनिक गरेको छ । पाल्पामा ११८ वटा मतदान स्थल, २४७ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।तानसेन नगरपालिकामा ३३ हजार ७ सय ६९ मतदाता रहेकोमा २२ वटा मतदान केन्द्र र ४४ वटा मतदानस्थल रहेका छन ।
रामपुर नगरपालिकामा २९ हजार ६७ जना मतदात रहेकोमा १४ वटा मतदानस्थलमा ३५ वटा मतदान केन्द्र रहेका छन् । तिनाउ गाउँपालिकाका १४ हजार ३ सय ८६ मतदाता रहेको १० वटा मतदानस्थलमा १८ वटा मतदान केन्द्र रहेका छन् । निस्दी गाउँपालिकाका १५ हजार ८५ जना मतदाता रहेकोमा ९ वटा मतदानस्थलमा १९ वटा मतदान केन्द्र रहेका छन् । पूर्वखोला गाउँपालिकामा १३ हजार ६ सय ९८ जना मतदाता रहेकोमा ९ वटा मतदानस्थलमा १७ वटा मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख रुकमागत अर्यालले बताए ।
यसैगरी बगनासकाली गाउँपालिकामा १९ हजार ८ सय ३९ जना मतदाता रहेकोमा ११ वटा मतदानस्थलमा २२ वटा मतदान केन्द्र रहेका छन् । माथागढी गाउँपालिकामा १९ हजार ३ सय ४७ जना मतदाता रहेकोमा १० वटा मतदानस्थलमा २३ वटा मतदान केन्द्र रहेका छन् । रम्भा गाउँपालिका १७ हजार ६ सय ६३ जना मतदाता रहेकोमा ९ वटा मतदान स्थलमा २१ वटा केन्द्र रहेका छन् । रिव्दीकोट गाउँपालिकामा १६ हजार ३ सय ९५ जना मतदाता रहेकोमा १० वटा मतदान स्थलमा २१ वटा मतदान केन्द्र रहेका छन् ।
रैनादेवी छहरा गाउँपालिकामा २० हजार ४ सय ४१ जना मतदाता रहेकोमा १४ मतदान स्थलमा २७ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचन आयोगले पाल्पामा एक मुख्य निर्वाचन अधिकृत र ९ जना निर्वाचन अधिकृतको नाम सार्वजनिक गरिसकेको छ । बैशाख ५ गते तानसेनमा मुख्य निर्वाचन अधिकृत र बैशाख ८ पालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालय शुभारम्भ हुने जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा १४ वटा राजनीतिक दलले स्थानीय तह निर्वाचनको लागि दल दर्ता गराएका छन्।
प्रतिक्रिया दिनुहोस !