बल्ल आफ्नो गाउँ जाने सडक कालोपत्रे गर्दै प्रधानमन्त्री देउवा

बल्ल आफ्नो गाउँ जाने सडक कालोपत्रे गर्दै प्रधानमन्त्री देउवा

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाको गाउँ जाने सडक कालोपत्रे बन्ने भएको छ। प्रधानमन्त्री देउवाको जन्मथलो गन्यापधुरा-१ अशिग्राम जाने भात्काडाँ-बडाल-रेल-उच्चाकोट सडकको स्तरोन्नती गरी कालोपत्रे गरिने भएको हो।

एक कार्यक्रमकाबीच गन्यापधुरा गाउपालिका अध्यक्ष नवलबहादुर मल्लले उक्त सडकको स्तरोन्नतिका लागि बुधबार कार्य शुभारम्भ गरेका छन्। करिब १४ करोडको टेण्डर कुलपाते सडक डिभिजन कार्यालयबाट खुलेको भएपनि घटाघटीमा जादा ९ करोड ६५ लाखमा ठेक्का सदर भएको निर्माणाधिन कम्पनी अनक जोशी मालिक जेभि कञ्चनपुरले जनाएको छ।

प्रधानमन्त्रीको गाउँ जाने सडक भएकाले सम्झौता अवधिमा नै ईष्टमेट अनुसारको काम सम्पन्न गर्ने कम्पनीले जनाएको छ। सम्झौता अवधि करिव १८ महिना रहेको छ।

प्रधानमन्त्री देउवाको जन्मघर भात्काँडा बजारबाट करिब सात किलोमिटरको दुरीमा रहेको रुवाखोला गाउँमा पर्दछ। कच्चि सडक निर्माण भएको करिव २७ वर्षपछि अहिले प्रधानमन्त्री कै पहलमा उक्त सडक कालोपत्रे बन्न लागेको गन्यापधुरा गाउँपालिका अध्यक्ष मल्लले सडक उद्घाटनका क्रममा बताए।

स्थानीय सरकारको सिफारिस र पहलमा प्रधानमन्त्री देउवाले उक्त सडकका लागि पहल गरेका स्थानीय बताउछन्। २०५१ सालमा खाद्यान्नका लागि काम भन्ने संस्थाद्धारा सुरुवात गरिएको भात्काडा वडाल रेल सडक जिल्लाका अन्य मुख्य ग्र्रमिण सडक जस्तै पुरोनो सडक हो। 

जिल्लाका उग्रतारा-मेलौली सडक, बागबजार-वगरकोट सडक, बुडर-जोगबुडा सडक, पोखरा-वेलापुर सडकसँगै भात्काडा-वडाल-रेल सडक पनि करिव २७ वर्ष आगाडी सुरुवात गरिएका थिए। अन्य सडकहरुको स्तरोन्नती भई केही किलोमिटर सडक कालोपत्रे गरिएको भएपनि भात्काँडा–वडाल–रेल सडक भने बुधवारमात्रै स्तारोन्नतीका लागि सुरुवात गरिएको छ। भने जिल्लाका आनारखोली–भुल्कुडा सडक, पुईलेक–मुद्राड हयिाली कृषि सडक र जिल्लाका अन्य सडकपनि चाडै स्तरोन्नती हुने प्रक्रियामा रहेको प्रधानमन्त्री कार्यालयका कर्मचारी श्यामप्रशाद ओझाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.