हातहतियार प्रहरीलाई बुझाउन स्याङ्जा प्रशासनको आग्रह

हातहतियार प्रहरीलाई बुझाउन स्याङ्जा प्रशासनको आग्रह

स्याङ्जा : स्याङ्जा जिल्ला प्रशासनले इजाजत प्राप्त हातहतियार प्रहरीको जिम्मामा राख्न आमनागरिकसँग आग्रह गरेको छ। प्रशासनले निर्वाचन अवधिभरलाई लक्षित गर्दे प्रशासनद्वारा स्वीकृत पाएका हातहतियार प्रहरीको जिम्मामा राखी भरपाइ लिन समेत अनुरोध गरेको हो।  बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण बनाउन गृहमन्त्रालयको निर्देशन बमोजिम अभियान संचालन गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। 

प्रजिअ पौडेलद्वारा हस्ताक्षरित सूचनामा इजाजत प्राप्त सबै हातहतियार यही चैत मसान्तसम्ममा आफ्नो नजिकको प्रहरी कार्यालय, वडा वा इकाईमा बुझाउन उल्लेख छ। हातहतियारहरु जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङमा सुरक्षित साथ राखिने र निर्वाचन सम्पन्न भएपछि हातहतियारधनीलाई नै फिर्ता गरिने पनि सूचनामा जनाइएको छ। 

तर, तोकिएको समयमा हातहतियार नबुझाउने व्यक्तिको खोजतलास गरी कानुन बमोजिम कारवाही गर्ने भनिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.