विविध कार्यक्रममा सहभागी हुन प्रचण्ड महोत्तरी आउँदै

विविध कार्यक्रममा सहभागी हुन प्रचण्ड महोत्तरी आउँदै

महोत्तरी : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महोत्तरीको गौशाला आउने भएका छन्। आइतबार दिउँसो १ बजेको समयमा नगरकार्यापालिकाको प्रशासनिक भवनको उद्घाटन गर्नका लागि अध्यक्ष प्रचण्ड गौशाला आउने कार्यक्रम रहेको छ ।

करोडौंको लागतमा नवनिर्मित भवनको उद्घाटनको पूर्वनिर्धारित कार्यक्रम अनुरुप हरेक तयारी पूरा भएको मेयर शिवनाथ महतोले बताए । त्यस्तै अध्यक्ष प्रचण्डसँगै संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशि श्रेष्ठ, पूर्वमन्त्री गिरीराजमणि पोखरेल लगायतका नेता कार्यकर्ताहरु सहभागी हुने मेयर महतोले जानकारी दिए ।

नापी र मालपोत कार्यालयको उद्घाटन 

गौशालावासीको वहुप्रतिक्षित नापी तथा मालपोत कार्यालयको पनि आजै उद्घाटन हुने भएको छ । आइतबार दिउँसोको समयमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले कार्यालयको उद्‍घाटन गर्ने कार्यक्रम रहेको गौशाला नगरपालिका स्रोतले जनाएको छ ।

त्यस्तै अध्यक्ष प्रचण्ड महोत्तरी आएलगतै बिहान १० बजे बर्दिवासको विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । बर्दिवास  नगरपालिका ११ खयरमारामा शहिद स्मृति पार्क शिलान्यास गर्नुको साथै बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको उद्घाटनसमेत आजै गर्ने कार्यक्रम रहेको नेकपा माओवादी महोत्तरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.