'युद्ध निषेध, शान्ति विशेष, हिमालय बचाउँ, नदी  जोगाउँ, भन्दै स्याङ्जामा प्रर्दशनसहित प्रवचन

'युद्ध निषेध, शान्ति विशेष, हिमालय बचाउँ, नदी  जोगाउँ, भन्दै स्याङ्जामा प्रर्दशनसहित प्रवचन

स्याङ्जा :  बढ्दो प्रकृति दोहनले उत्पन्न हुनसक्ने संकटलाई समयमै ध्यान दिनुपर्नेलगायतका समसामयिक विविध विषयमा जनचेतना फैलाउने उद्देश्यले मानवअधिकार तथा शान्ति समाज केन्द्रीय कार्यालयले संचालन गरेको अभियान स्याङ्जामा आइपुगेको छ। अभियान काठमाडौं, धादिङ, गोरखा, लोमाङ्थानहुँदै मंगलबार स्याङ्जा आइपुगेको हो। कार्यक्रममा सहभागी स्थानीयबासी, मानवअधिकारकर्मी, विद्यार्थी, युवालगायतले नगर परिक्रमा गर्दै सहिदचोकमा पुगेर कोणसभा गरेका छन्।

समाजको केन्द्रीय समितिको आयोजना तथा स्याङ्जा शाखाको समन्वयमा 'हिमालय बचाउँ, नदी जोगाउँलगायत युद्ध निशेष शान्ति विशेष, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार,' सम्बन्धि ४ विषयमा विशेष अभियान संचालन गर्दै आएको हो।  यहाँ आयोजित समाजका केन्द्रीय सभापति गोबिन्द खनालले सम्बोधन गर्दै नागरिकका जीवन आधारसँग प्रत्यक्ष जोडिएका जीवन पद्धतीसँग सम्बन्धित रहेर समाजले विगतदेखि काम गर्दै आएको बताए।

बढ्दो प्रकृतिको दोहनले मानव तथा जीव प्रणालीमा प्रत्यक्ष नकारात्मक असर परेको जनाउँदै उनले प्राकृतिक वस्तुका संरक्षणमा आजैदेखि सबैले काम गर्न सुझाव दिए। हिमाल, नदी जस्ता प्रकृतिका उपहारको संरक्षण गरे मात्र तीसँग जोडिएका मानवलगायत करोडौं जीवहरुको जीवन सहज बन्छ उनले भने। 'हाम्रा प्रकृतिलाई हामीले नै जानेर वा नजानेर दिनप्रति दिन नष्ट गरिरहेका छौं, अब बुझ्नुपर्छ, जोगाउनु पर्छ,' उनले भने।

'युद्धमा कसैले जित्दैन। अन्ततः युद्धरत पक्ष सबै हार्छन्। युद्धको अन्त्य हुनुपर्छ।  अहिले जारी रुसद्धारा युक्रेन माथिको आक्रमणले करोडौंको धनजन क्षति पुगेको छ भने लाखौं व्यक्ति विस्थापित र हजारौं व्यक्तिले ज्यान गुमाउनु परेको छ,' उनले भने, 'युद्ध तत्काल रोकेर वार्तामार्फत दुबै देशका नागरिकले शान्तिपूर्वक वाच्ने वातावरण बन्न र बनाउन सबैले दबाब दिनुपर्ने समय आएको छ।'
 
यसैगरी, समाजका केन्द्रीय उपसभापति कृष्णबहादुर रावलले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा आजको आवश्यकतामा जोड दिए। सामान्य औषधि र अक्सिजन समेत नपाएर धेरै व्यक्तिले कोरोनाबााट ज्यान गुमाएको भन्दै यसतर्फ राज्य र स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ।

युग सुहाउँदो र समान अवसर शिक्षा र स्वास्थ्यमा दिइनुपर्ने उनले बताए। कार्यक्रममा निवर्तमान सभापति प्रकाश डोटेल र पूर्वउपसभापति हरिप्रसाद रेग्मीलगायतले जिल्लाका वस्तुगत अवस्थाका बारेमा जानकारी गराए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.