डम्पिङ साइड बिवादले फोहर उठ्नै छोड्यो डडेल्धुरामा
डडेल्धुरा : डडेल्धुरा सदरमुकामको फोहर बजारमै थुप्रिन लागेको छ। डम्पिङ साइड विवाद हुँदा जिल्ला सदरमुकामको फोहर एकहप्ता देखि उठ्नै छोडेको हो।
चारवर्ष अगाडि मात्रै भाडाँमा लिएको स्थानमा स्थानीयले फोहर फाल्नमा रोक लगाएपछि सदरमुकाम क्षेत्रको फोहर बजारैमै थुप्रिन लागेको हो। उग्रतार मेलौली सडक खण्डमा रहेको डम्पिङ साइडमा फोहर फाल्न स्थानीयले रोक लगाएसँगै हप्तादिनदेखि सदरमुकामको फोहर सडक छेउमै जम्मा हुन थालेको छ।
बजार क्षेत्रमा संकलन हुने फोहर फाल्नका लागि प्रयोग हुँदै आएको डम्पीङ साइडमा स्थानीय बासिन्दाले फोहर फाल्न नदिएपछि फोहर व्यवस्थापनका लागि समस्या भएको अमरगढी नगरपालिकाले जनाएको छ। जल्ने फोहर व्यवस्थापन भईरहेको र अन्य फोहर पनि व्यवस्थापनका लागि समाधान निकाल्ने अमरगढी नगरपालिकाका सूचना अधिकृत लालबहादुर साउदले बताए।
डम्पीङ साईड नहुँदा जिल्ला सदरमुकामको बागबजार, तुफानडाँडा, कृर्तिपुर, स्याउलेसहित पोखरा बजारमा संकलन हुने फोहर नियमितरुपमा संकलन हुन सकेको छैन। स्थानीय बासिन्दाको अवरोधका कारण पहिलाका डम्पीङ साइड बन्द भएको र नयाँ डम्पीङ साईडका लागि स्थानको खोजी गरिरहेको अमरगढी नगरपालीकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !