बजेट पुस्तिका छपाइमा बदमासी, एउटैको मुल्य १३४५ !

बजेट पुस्तिका छपाइमा बदमासी, एउटैको मुल्य १३४५ !

दैलेख : जिल्लाको नारायण नगरपालिकाको बजेट पुस्तिका  (रातो किताब)  छपाइमा बदमासी भएको पाइएको छ।  जिल्ला सदरमुकाम रहेको नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति बजेट तथा कार्यक्रम पुस्तिका छपाइमा अस्वाभाविक रकम खर्च गरेको हो ।  बाहिर रंगिन (रातो) रहेको उक्त पुस्तिका २४७ पेजको छ । नगरपालिकाले एउटा पुस्तिका छाप्न भ्याट बाहेक एक हजार ३ सय ४५ रुपैयाँ भुक्तानी दिएको छ ।

 पुस्तिका वीरेन्द्रनगर सुर्खेतस्थित भवानी छापाखानामा छपाई भएको हो । छापाखानाले २०७८ कात्तिक ८ गते नारायण नगरपालिकाको नाममा जारी गरेको भ्याट बिलमा एउटा पुस्तिकाको मुल्य एक हजार ३ सय ४५ रुपैयाँ उल्लेख छ ।  बिलमा कुल दुई सय ३० थान पुस्तिका छपाइ भएको उल्लेख छ । अन्य छापाखानामा बजेट पुस्तिका छपाइबारे बुझ्दा अधिकतम मूल्य ४ सय रुपैयाँ पर्छ। 

भवानी छापाखानालाई नगरपालिकाले २ सय ३० थान किताबको एक हजार ३ सय ४५ का दरले भ्याटसहित ३ लाख ४९ हजार ५ सय ६५ रुपैयाँ भुक्तानी दिएको छ । नगरपालिकाका सूचना अधिकारी निरकबहादुर रावलले उक्त बजेट पुस्तिकाको बारेमा आफूलाई कुनै पनि जानकारी नभएको बताए।

सूचना प्रविधि अधिकृत बिसीले भने पुस्तिका छपाइमा बदमासी नभएको दाबी गरे । 'हामी प्रक्रियागत रुपमा चुकेका छैनौं, 'उनले भने, 'हामीले पुस्तिका छपाइका लागि कोटेसन माग गरेका थियौं, फरक फरक मूल्य सूची राखेर तीनवटा व्यवसायिक फर्मबाट कोटेसन परेको थियो, ती कोटेसनमध्ये सबैभन्दा कम मुल्य भवानी छापाखानाबाट पेश हुन आयो, सोही रकमलाई आधार मानेर नगरपालिकाले छपाइको काम गरेको हो ।'

पुस्तिका प्रकाशन समितिको संयोजक उपप्रमुख सावित्री मल्ल छिन् भने प्रमुख संरक्षक नगरप्रमुख रत्नबहादुर खड्का छन् । सम्पादन मण्डलमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रेमश बहादुर बुढा, अधिकृत छैठौँ द्वय निरकबहादुर रावल र खमबहादुर थापा, सूचना प्रविधि अधिकृत प्रकास कुमार बिसी र नासु गोविन्दप्रसाद अधिकारी रहेको पुस्तिकामा उल्लेख छ । 

पुस्तिका छपाइमा भएको बदमासीबारे अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरिरहेको छ । नगरपालिकाका जनप्रतिनिनिहरु भने बजेट पुस्तिका छपाइमा आफूहरुको संलग्नता नभएको दाबी गर्छन् । नीति तथा कार्यक्रम २०७८ असार ३० गते बसेको आठौँ नगरसभाबाट पारित भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.