बालबालिका गिद्धलाई खोलामा बगाउँदै : कसले मार्‍यो?

बालबालिका गिद्धलाई खोलामा बगाउँदै : कसले मार्‍यो?

दैलेख : बिहीबार साँझको पाँच बजेको थियो। डुङ्गेश्वर गाउँपालिका–१ चुप्राको गैरीस्थित लोहोरे खोलाको बगरमा केही बालबालिका गिद्ध घिसारेर खोलातर्फ ल्याउँदै थिए। 

झण्डै दुई सय मिटर टाढाबाट देखिएको त्यो दृष्यले मलाई तान्यो। मैले टाढैबाट दृष्य क्यामरामा कैद गरें। बालबालिकाले गिद्धलाई लोहोरे खोलामा बगाउन ल्याएका रहेछन्। 

बालबालिकाले गिद्धलाई घिसार्दै ल्याएको दृष्यले आश्चर्यचकित भएर मैले उनीहरुलाई सोँधे, 'यो गिद्ध कसरी मर्‍यो ? कसले मारेको हो ?'

 
एक बालकले जवाफ दिए, ‘हामीले मारेको होइन, कुखुराका चल्ला खाइदिन्छ भनेर गाउँका खै को-को दाइहरुले ढुंगाले हानेर मारेका हुन् रे। हामीले त खोलामा बगाउन ल्याएका मात्र हौं।’ 

स्थानीय बासिन्दाहरुले भने गिद्ध के कारणले मरेको हो भन्नेबारे थाहा नभएको बताए। स्थानीय एक महिलाले भनिन्' ‘हामीले रुखमनि मरेको अवस्थामा देखेका हौँ।’ 

मरेको गिद्धलाई खोलामा बगाउन ल्याएको विषय जानकारी गराएपछि प्रदेश वन निर्देशनालय सुर्खेतका सहायक वन अधिकृत नवराज पौडेलले गिद्धलाई यसरी मार्न नपाइने बताए। ‘गिद्धलाई संरक्षण गर्नुपर्नेमा उल्टो मार्नु भनेको सरासर गलत हो,’ यदि स्थानीयले गिद्धलाई मारेको हो भन्ने पुष्टि भयो भने कानून अनुसार कारबाही हुन्छ,’ उनले भने।

डिभिजन वन कार्यालय दैलेखका डिभिजनल वन अधिकृत टेकबहादुर रावल गिद्ध मार्न नपाइने र चुप्रामा गिद्ध मारेर खोलामा बगाएको विषयमा छानविन गर्ने बताए। लामो समयदेखि गिद्ध अनुसन्धानमा संलग्न पोखराका हेमन्त ढकालका अनुसार यो एक ‘भल्चर’ प्रजातिको हिमाली गिद्ध हो। उनले गिद्धको संरक्षणका लागि सचेतनामुलक कार्यक्रमको आवश्यकता रहेको बताए।

‘गिद्ध संरक्षण अहिलेको आवश्यकता हो', ढकाल भन्छन् ‘गिद्ध के कारणले मरेको हो वा कसले मारेको हो भन्नेबारे यकिन गर्नुपर्छ।’ गिद्धको संरक्षणका लागि समुदाय र विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ।

गिद्ध शिकारी चरा समूह अन्तरगत पर्ने ठूला मांसहारी पंक्षी  हो। गिद्धले आफैँ शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खाने गर्दछन्। गिद्धले मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाएर वातावरणलाई प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.