भीरकोटमा उम्‍मेदवार टुंग्याउनै सकस : मेयरमा कांग्रेसका १०, एमालेका ८ आकांक्षी

भीरकोटमा उम्‍मेदवार टुंग्याउनै सकस : मेयरमा कांग्रेसका १०, एमालेका ८ आकांक्षी

स्याङ्जा : संघीयतापछि गठन भएको भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि दुई ठूला राजनीतिक दलका २९ जना इच्छुक देखिएका छन्।  नगर प्रमुखमा नेपाली कांग्रेसका १० र नेकपा एमालेका ८ जना र आकांक्षी छन् भने उपप्रमुखमा कांग्रेसका ७ र एमालेका ४ जना इच्छुक जनाएका छन्।

नेपाली कांग्रेसतर्फबाट प्रमुखमा हालका प्रमुख छाँयाराम खनाल, तोयनाथ अर्याल, गोबिन्दकुमार कर्माचार्य, यामप्रसाद अधिकारी, दिपेन्द्र केसी, पिताम्बर श्रेष्ठ, भक्तबहादुर केसी, शेषकान्त अर्याल, दिपक रोका र भेषराज अर्याल हुन्।  यसैगरी, उपप्रमुखतर्फ हालका उपप्रमुख सीमा केसी, कर्माचार्य, इन्दिरा केसी, सुनिता उचै ठकुरी, बिष्णुमाया काफले, भगवती अर्याल, बिन्दु खड्का र चण्डिका सापकोटा रहेको नगरसभापति लक्ष्मण अधिकारीले जानकारी दिए। 

नेकपा एमालेका हर्कबहादुर गुरुङ, दुर्गादत्त भुषाल, बाबुराम श्रेष्ठ, चन्द्रबहादुर बस्नेत, सन्तोष केसी, हरि काफले, कमल त्रिपाठी र विश्वनाथ अर्यालले प्रमुख पदमा इच्छा प्रकट गरेका छन्। यसैगरी, उपप्रमुखमा सरस्वती अधिकारी, सीता अधिकारी, मिठु अधिकारी र सावित्रा रेग्मी रहेको नेकपा एमाले नगर अध्यक्ष विश्वनाथ अर्यालले जानकारी दिए।

दुबै राजनीतिक दल आन्तरिक बैठक बसेर उम्मेदवार टुङ्ग्याउने प्रयासमा छन्। तर, आकांक्षी धेरै भएकाले नगरलाई टुंग्याउन सकस देखिएको छ। आज दिनभरमा उम्मेदवार टुंग्याउनेगरी छलफलमा जुट्ने र त्यो पनि संभव नभए जिल्ला हुँदै प्रदेशमा शिफारिस गरिने कांग्रेस सभापति अधिकारी र एमाले अध्यक्ष अर्यालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.