बझाङमा गठबन्धनबाट माओवादीका दुई पालिका उम्मेदवार घोषणा

बझाङमा गठबन्धनबाट माओवादीका दुई पालिका उम्मेदवार घोषणा

बझाङ : नेकपा माओवादी केन्द्रले छविसपाथिभेरा गाउँपालिका अध्यक्षका लागि बसन्त बहादुर चलाउनेलाई उम्मेदवार बनाएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चलाउनेलाई माओवादी केन्द्रले त्रिदलिय गठबन्धनको साझा उम्मेदवारका रुपमा सर्वसम्मत घोषणा गरेको हो। 

पालिका बाँडफाडको क्रममा माओवादी केन्द्रले अध्यक्ष पाएको छविसपाथिभेरा गाउँपालिका अध्यक्षमा चलाउने सिफारिस गरिएको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सचिव तथा संविधानसभा सदस्य जनक बुढाले बताए। 

बझाङमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुँदा माओवादी केन्द्रले छविसपाथिभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकामा प्रमुख र ४ वटा गाउँपालिकामा उपप्रमुख पाएको छ। छविसपाभिभेरा गाउँपालिकाको अध्यक्षको लागि चलाउनेलाई उठाउने निर्णय भएको बुढाले बताए। 

चलाउने छविसपाथिभेराका वडा नम्बर ६का स्थायी बासिन्दा हुन्। 

यस्तै बझाङकै दुर्गाथली गाउँपालिकामा  तीनदलिय गठबन्धनको साझा उम्मेदवारमा नेकपा माओवादी केन्द्रका नेता दिलबहादुर थापा ‘तुफान’ घोषणा भएका छन्। माओवादी केन्द्रले दुर्गाथली गाउँपालिका अध्यक्षका लागि थापालाई उम्मेदवार बनाएको छ। 

पालिका बाँडफाडको क्रममा माओवादी केन्द्रले अध्यक्ष पाएको छविसपाथिभेरा गाउँपालिका अध्यक्षमा चलाउने सिफारिस गरिएको नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिव बुढाले बताए।

नेता थापा दुर्गाथली गाउँपालिका वडा नम्बर १ का स्थायी बासिन्दा हुन्।

बझाङमा दुर्गाथली र छविसपाथिभेरा गाउँपालिका माओवादी केन्द्रको बलियो आधारका रुपमा मानिएका छन्। माओवादीले तत्कालिन् समयमा सुरु गरेको शशस्त्र द्धन्द्धमा यो क्षेत्रबाट सयौँ व्यक्तिले युद्ध रोजेका थिए। द्धन्द्धकालिन समयमा छविसपाथिभेरा गाउँपालिकाबाट मात्रै १४ जनाले शाहदत प्राप्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.