गठबन्धन गलफती : केन्द्रीय संयन्त्रको हस्तक्षेपका कारण गोरखामा कांग्रेस–माओवादी गठबन्धन भंग

गठबन्धन गलफती : केन्द्रीय संयन्त्रको हस्तक्षेपका कारण गोरखामा कांग्रेस–माओवादी गठबन्धन भंग

गोरखा : केन्द्रीय संयन्त्रको हस्तक्षेपका कारण कांग्रेस र माओवादी केन्द्र मात्र चुनावी तालमेल गर्ने गरी भएको सहमति भंग भएको छ। बैठक चल्दाचल्दै केन्द्रीय नेतृत्वले सो निर्णय भंग गरी जसपालाई पनि मिलाएर लैजान निर्देशन गरेपछि दुई दलीय तालमेलको निर्णय भंग भएको हो।

बदलिँदो परिस्थितिमा कसरी अघि बढ्ने भन्नेबारे निर्णय गर्न आइतबार बिहान आठ बजेपछि नेपाली कांग्रेस गोरखाले जिल्ला कार्यसमितिको बैठक आव्हान गरेको छ। त्यसअघि चारदलीय गठबन्धनको सम्भावना शनिबार बिहान बसेको बैठकले अन्त्य गरेपछि अपराह्न चार बजे कांग्रेस र माओवादी केन्द्रको संयुक्त बैठक बसी दुई दल मात्र गठबन्धन गर्ने सहमति भएको थियो। उनीहरुले ११ मध्ये सात पालिकामा कांग्रेस र चार पालिकामा माओवादी केन्द्रका साझा उम्मेद्वार उठाउने निर्णय गरिसकेका थिए। वडा तहको निर्णय हुँदै गर्दा केन्द्रीय नेतृत्वको टेलिफोन आएको थियो।

बाबुराम भट्टराईकै गृहजिल्लामा जनता समाजवादी पार्टीलाई गठबन्धनबाट ‘रिङ आउट’गर्ने सूचना पाएपछि केन्द्रीय नेतृत्वले तत्काल सो निर्णय रद्ध गर्न टेलिफोन गरी निर्देशन गरेका थिए।‘बैठकमा छँदाछँदै माथिबाट फोन आयो र तत्काल बैठक नबस्न र गरेको निर्णय पनि भंग गर्न निर्देशन आयो’, बैठकमा सहभागी एक सदस्यले भने, ‘गोप्य बैठकको खबर सार्वजनिक भएको २० मिनेटभित्रै चारै पार्टीका केन्द्रीय नेतृत्वले आकस्मिक छलफल गरी जसपालाई पनि सहभागी गराउन निर्देशन आयो। अनि हामी बैठक नै पूरा नगरी निस्कियौँ।’ जसपालाई पनि एक नगरपालिकासहित दुई पालिकाको प्रमुख दिनुपर्ने निर्देशन शनिबार साँझ केन्द्रीय संयन्त्रबाट आएको उनले बताए। 

यसअघि बैशाख ६ गते पार्टीको चुनावी सभालाई सम्बोधन गर्न गोरखा आएका जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले स्थानीय आवश्यकता र औचित्यता हेरेर स्थानीयस्तरमै गठबन्धन गर्न सकिने बताएका थिए। त्यसको एक हप्ता नबित्दै उनले दुई पार्टीबीच हुन लागेको गठबन्धनमाथि हस्ताक्षेप गरी आफ्नो पार्टीलाई पनि मिलाएर लान दबाब दिएका हुन्।

केन्द्रीय निर्देशनपछि सत्तागठबन्धन दल बीच कसरी अगाडि बढ्ने भन्नेमा अन्योलता देखिएको छ। कांग्रेस र माओवादी पनि एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाने सम्भावना देखिएको छ। केन्द्रीय हस्ताक्षेपपछिको बदलिँदो परिस्थितिमा दुवै दलले पालिका स्तरका पार्टी कमिटीलाई एक्लाएक्लै चुनावी मैदानमा उत्रन तयार रहन सचेत गराएका छन्। 

गठबन्धन गर्ने नयाँ निर्णय भएमा पछि हट्ने गरी दुवै दलले सबै पालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यको नाम टुंग्याउन कसरत गरिरहेका छन्। दुवै पार्टीले वडा अध्यक्ष तथा सदस्यस्तरको नाम टुंग्याइसकेको र पालिकाका प्रमुख, उपप्रमुखको उम्मेद्वारको नाम टुंग्याउने अन्तिम चरणमा रहेको जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.