स्थानीय तह निर्वाचन : गोरखामा कांग्रेसले चुनावी गठबन्धन नगर्ने

स्थानीय तह निर्वाचन : गोरखामा कांग्रेसले चुनावी गठबन्धन नगर्ने

गोरखा : नेपाली कांग्रेस गठबन्धन नगरी एक्लै चुनावी प्रतिस्पर्धामा जाने भएको छ । आइतबार बिहान पत्रकार सम्मेलन गरी स्थानीय निर्वाचनमा कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय सुनाएको हो ।  ‘गठबन्धन गर्नका लागि धेरै कसरत गरियो । आठ पटकसम्म संयन्त्रको बैठक पनि बसियो, 'संयन्त्रका संयोजक समेत रहेका कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेले भने, 'गठबन्धनलाई जीवित राख्न चाहन्थ्यौँ तर दुःखका साथ भन्नुपर्छ जसपाका केही साथीहरुको महत्वकांक्षा, राजनीतिक अपरिपक्वता देखाउनुभयो, त्यसैले गठबन्धन गरेर निर्वाचनमा जान सकेनौँ ।'
 
कांग्रेस आफ्नो तयारीमा अघि बढिसकेको उनले बताए । केन्द्रीय संयन्त्रले गठबन्धनका दल बीच चुनावी तालमेल हुन नसकेको खण्डमा मित्रवत प्रतिस्पर्धा गर्न सक्ने भनेकाले यो निर्णयमा पुगेको उनले बताए ।  'यसअघि गठबन्धनका दलहरु बीच ८ वटा बैठक बस्यो,' गठबन्धन संयन्त्रका संयोजक समेत रहेका न्यौपानेले भने, 'चारवटै दल बीच सहमति नहुने भएपछि त्यसभित्र पनि सहमति खोज्यौँ । अन्ततः हामीले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेका हौँ ।'

शनिबार अपरान्ह कांग्रेस र माओवादीबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो । उक्त सहमति भएको विषय बाहिर आएपछि जनता समाजवादी पार्टीले गठबन्धन दलभित्रका सबै दलबीच सहमति हुनुपर्ने दबाब दियो । केन्द्रीय नेताहरुबाट सबै दल बीच तालमेल गर्न दबाब आएपछि अन्ततः कांग्रेस एक्ला एक्लै लड्ने निश्कर्षमा पुगेको हो । 

वैशाख ३० गतेको स्थानीय निर्वाचनमा ११ वटै पालिका ९४ वटै वडामा कांग्रेसको उम्मेदवार रहने नेपाली कांग्रेसका जिल्ला सभापति न्यौपानेले बताए । आज बेलुकीसम्म वडा र पालिकाको उम्मेदवारको टुङ्गो लगाउने बताउँदै उनले सोमबार सबै तहमा मनोनयन दर्ता हुने दावी गरे ।

'कांग्रेसले पार्टीको संगठनको ताकत, साथीहरुको मनोभावनालाई कदर गर्दै एक्लै जाने कार्यकर्ताको भावना अनुसार निर्णयमा पुगेका हौं,' सभापति न्यौपानेले भने ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.