कांग्रेस गोरखाले छान्यो गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार (नामावली)
गोरखा : नेपाली कांग्रेस गोरखाले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेद्वारको टुङ्गो लगाएको छ। आइतबार रातिदेखि सोमबार बिहानसम्म निरन्तर बसेको बैठकले उम्मेद्वारको टुङ्गो लगाएको जिल्ला सचिव किशोरजंग थापाले जानकारी दिएका छन्।
उनका अनुसार दुई नगरपालिकाका मेयर, उपमेयरको भने अझै टुंगो लागिसकेको छैन। अजिरकोट गाउँपालिकाको अध्यक्षमा गोविन्द गुरुङ र उपाध्यक्षमा इन्द्र गुरुङ उम्मेदवार बनेका छन्। यी दुवै नयाँ अनुहार हुन्।
सिरानचोक गाउँपालिकाका अध्यक्षमा ज्ञानेन्द्र गुरुङ, उपाध्यक्ष रीता देवकोटालाई कांग्रेसले टिकट दिएको छ। अध्यक्ष नयाँ हुन् भने उपाध्यक्ष दोहोरिएकी हुन्।
कांग्रेसले गण्डकी गाउँपालिकाको अध्यक्षमा होमबहादुर राना र उपाध्यक्ष ललिता अधिकारीलाई उम्मेद्वार बनाएको छ। यी दुवै पुरानै अनुहार हुन्।
भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा रोशन गुरुङ र उपाध्यक्षमा अमृता वस्तीलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ। यी दुबै नयाँ हुन्।
आरुघाट गाउँपालिकाको अध्यक्षमा राजु गुरुङ, उपाध्यक्ष कल्पना नेपाली रहेका छन्। अध्यक्ष गुरुङ नयाँ हुन् भने उपाध्यक्ष नेपाली दोहोरिएकी हुन्।
धार्चे गाउँपालिकामा अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष फूलमाया गुरुङ उम्मेदवार बन्ने भएका छन्। यी दुबै दोहोरिएका हुन्।
चुमनुब्री गाउँपालिका अध्यक्षमा कांग्रेसबाट धनबहादुर गुरुङ, उपाध्यक्षमा म्हेन्दोक छुकी लामा उम्मेद्वार बन्ने भएका छन्। अध्यक्ष गुरुङ दोहोरिएका हुन्, उपाध्यक्ष नयाँ अनुहार हुन्।
बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्षमा जितबहादुर घले र उपाध्यक्षमा जानुका सापकोटालाई उम्मेद्वार बनाएको छ।
यस्तै शहीदलखन गाउँपालिका अध्यक्षमा नारायण लामिछानेले उम्मेदवारी दिने भएका छन् भने उपाध्यक्ष टुङ्गिन बाँकी छ।
गोरखा र पालुङटारको भने गण्डकी प्रदेश समिटिले टुङ्गो लगाउने भएकाले निर्णय आउन बाँकी रहेको कांग्रेस गोरखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !