गोरखा नगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए

गोरखा नगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए

गोरखा : नेपाली कांग्रेसको तर्फबाट गोरखा नगरपालिकाका मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठलाई कांग्रेसकै युवा कार्यकर्ताले हातपात गरेका छन् । मनोनयन दर्ता गर्न फोटो खिचाउन बसपार्कस्थित एक फोटोस्टुडियोमा गएका उनलाई दिउँसो एक बजेतिर युवा कार्यकर्ताले कुटपिट गरेका हुन् ।

कुटपिटबाट उनको टाउको र हातमा चोटपटक लागेको छ । 'तरुण दलका सुदीप थापा मगरलगायतका १०, १२ जना केटाहरुले हेलमेट र सिसाले कुटपिट गरेका हुन् ' उनले भने, 'बसिरहेको ठाउँमा एक्कासी आएर हाने । केही बोल्न पनि पाइएन । म त मरेँ भनेको थिएँ ।उनीहरुविरुद्ध ज्यान मुद्धामा उजुरी गर्छु ।'

आफूले टिकट नपाएको झोकमा आकांक्षीमध्ये कसैले कुट्न पठाएको उनले आरोप लगाए । उनले टिकट पाएको खबर पाएपछि कांग्रेसका असन्तुष्ट युवा कार्यकर्ताले कांग्रेसको जिल्ला कार्यसमितिको कार्यालय र नगर समितीको कार्यालयमा तालाबन्दी र धर्ना गरेका छन् । उनीहरुको अवरोधका कारण कांग्रेसले अहिलेसम्म मनोनयन दर्ता गराउन सकेको छैन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.