महिलाको दाबी दबाउँदै पुरुषमय उम्मेद्वारी

महिलाको दाबी दबाउँदै पुरुषमय उम्मेद्वारी

गोरखा : महिलालाई ३३ प्रतिशत सिट सुनिश्चितताको भाषण गर्ने राजनीतिक दलले स्थानीय तह निर्वाचनमा पालिका प्रमुखमा महिला उम्मेद्वारलाई सिट दिएका छैनन्। आफ्नो पार्टीलाई समानुपातिक र समावेशीको हिमायती भन्ने गोरखाका राजनीतिक पार्टीले महिलालाई प्रमुख पद नदिएका हुन्।

११ वटा पालिका रहेको गोरखामा सबैभन्दा ठूलो नेपाली कांग्रेसका ११ जना महिलाले प्रमुख पद दाबी गरेका थिए तर कुनै पनि पालिकामा महिलालाई प्रमुख पदमा उम्मेद्वार बनाएको छैन। बाध्यकारी भएकाले उपप्रमुखमा भने महिला उम्मेद्वार बनाएको छ।
यसअघि गोरखा नगरपालिकामा दुईजना, पालुङटार नगरपालिकामा एकजना, सिरानचोक गाउँपालिकामा एकजना, अजीरकोटमा दुईजना, धार्चे गाउँपालिकामा दुईजना, भीमसेनथापामा एक र सहिदलखन गाउँपालिकामा दुईजना महिलाले अध्यक्ष पदका लागि दाबी गरेका थिए।

त्यस्तै दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पनि ११ वटै पालिकामा पुरुषलाई प्रमुख पदमा उम्मेद्वार बनाएको छ। महिला आकांक्षीहरुको दाबी दबाएर सबै पालिकामा पुरुषलाई मात्र उम्मेद्वार बनाएको हो।

नेकपा एमालेका दुई महिलाले दुईवटा पालिकामा प्रमुख पद दाबी गरेका थिए। तर गोरखा नगरपालिकामा मात्र प्रमुख पदमा महिला उम्मेद्वार बनाएको छ। यहाँ सम्झना देवकोटालाई मेयरको उम्मेद्वार बनाएको छ।

जनता समाजवादी पार्टीले ११ पालिकामध्य गोरखा नगरपालिका र सहिदलखन गाउँपालिकामा प्रमुख पदमा महिलालाई उम्मेद्वार बनाएको छ। गोरखा नगरपालिकामा सञ्जु भट्ट नेपाली र सहिदलखन गाउँपालिकामा कल्पना थापालाई प्रमुख पदको उम्मेद्वार बनाएको हो। नेकपा एकीकृत समाजवादीले पनि गोरखा नगरपालिकामा सानुमाया बस्नेतलाई प्रमुख पदको उम्मेद्वार बनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि गण्डकी गाउँपालिकाको प्रमुखमा अम्बिका रुपाखेतीलाई प्रमुख पदको उम्मेद्वार बनाएको जनाएको छ।

सम्बन्धित पालिकामा दाबी गर्ने महिला र पुरुषमध्य वरिष्ठताको आधारमा पुरुष परेकाले महिलालाई प्रमुख पदमा उम्मेद्वार बनाउन नसकिएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखबहादुर थापा बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.