पाल्पामा एमालेका दुई उम्मेदवार सदस्यमा निर्विरोध

पाल्पामा एमालेका दुई उम्मेदवार सदस्यमा निर्विरोध

तानसेन :पाल्पामा नेकपा एमालेबाट स्थानीय तह सदस्य निर्वाचन २०७९ मा दुईजना महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख १२ गते भएको मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि दुबै महिला निर्विरोध निर्वाचित भएका हुन् ।

पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पाकी महिला सदस्य भिमिसरा आले र वडा नं. ५ विरकोटकी दलित महिला सदस्य पार्वती हिताङ्ग निर्विरोध निर्वाचित भएको पूर्वखोला गाउँपालिकाका निर्वाचन अधिकृत मधु अर्याल खनाले जानकारी दिइन्।  दुबै उम्मेदवारको एकल उम्मेदवारी परेकाले निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले दुबैजना उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । 

पूर्वखोलामा गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।  नेकपा एमालेबाट नुनबहादुर थापा, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मिनप्रसाद गिरी, मंगोल नेशनल अर्गनाइजेसनका मोहन सिं सारु, जनता समाजवादी नेपालका विपिनकुमार सारुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षमा नेकपा एमालेबाट भागीरथी भट्टराई र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विष्णु कुमारी आचार्यले उम्मेदवारी दर्ता गरेका छन् । 

वडा नं.  १ को अध्यक्षमा एमाले बाट गिरीमान आले र गठबन्धनको तर्फबाट कांग्रेसका चुनबहादुर थापा, वडा नं २ को अध्यक्षमा एमालेका निरबहादुर सारु, गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल राना र मंगोल नेशनल अर्गनाईजेशन बाट बालकृष्ण आले, वडा नं  ३ को अध्यक्षमा एमाले बाट कृष्ण प्रसाद भट्टराई, गठबन्धनमा कांग्रेसबाट उमान सिं सुनारी मगर र राष्ट्रिय जनमोर्चाबाट पूर्णबहादुर फाल, वडा नं  को अध्यक्षमा एमालेबाट मेहर सिं थापा, गठबन्धनमा कांग्रेसबाट मेहर सिं थापा, मंगोल नेशनल अर्गनाईजेशनका  योजना दर्लामी, वडा नं ५ मा एमालेबाट विष्णु कुमार पल्ली र गठबन्धनमा माओवादी केन्द्रका दलबहादुर काम्मु, वडा नं ६ मा एमालेबाट धन बहादुर घर्ती र गठबन्धनमा कांग्रेसबाट झमबहादुर घर्तीकोले उम्मेदवारी दर्ता गराएका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.