स्याङ्जामा १४ प्रमुखसहित ९२ जनाको उम्मेदवारी फिर्ता

स्याङ्जामा १४ प्रमुखसहित ९२ जनाको उम्मेदवारी फिर्ता

स्याङ्जा : स्थानीय तहको निर्वाचनका लागि स्याङ्जामा दर्ता भएका उम्मेदवारमध्ये ९२ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। अब ५ सय ७ पदका लागि १ हजार ४५५ जना उम्मेदवारीबीच प्रतिस्पर्धा हुनेछ। 

फिर्ता लिनेमा नगर प्रमुख र गाउँपालिका अध्यक्ष गरी १४ जना छन्। यसैगरी, उपप्रमुख र उपाध्यक्षका ३ जना, वडाध्यक्षका २० जना, खुला, महिला र दलिततर्फ गरी विभिन्न दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका ५५ जनाले फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

सदरमुकामसँगै रहेको पुतली बजारमा ३ प्रमुखसहित १८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। फिर्ता लिएसँगै अब यहाँ ६ जना विभिन्न राजनीतिक दलको प्रतिनिधित्व गर्दै  चुनावी प्रतिस्पर्धामा छन्। अनुवर अली, ईश्वर पराजुलीले स्वतन्त्र रुपमा र जनता समाजवादी पार्टीबाट पमनारायण अर्यालले उम्मेदवारी फिर्ता लिएका हुन्। अली नेपाली कांग्रेस, पराजुली नेकपा एमाले समर्थित हुन्। उनीहरु दुबैले आ-आफ्ना मातृपार्टीलाई सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता लिएका हुन्। जसपाका अर्यालले नेपाली कांग्रेसलाई सघाउने गरी उम्मेदवारी फिर्ता गरेको जनाए। 

योसँगै अब, पुतलीबजारमा नेपाली कांग्रेसका तर्फबाट प्रमुखमा तुलसीराम रेग्मी र उपप्रमुखमा देवी अर्याल, नेकपा एमालेको प्रमुखमा सीमा क्षेत्री र उपप्रमुखमा महेश पुरी, राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख तथा उपप्रमुखमा तुलसिंह ठकुरी र डीलकुमारी शाही, नेकपा माओवादी केन्द्रका नारायण लम्साल र सरस्वती शर्मा प्रमुख तथा उपप्रमुखमा, नेकपा एकीकृत समाजवादीबाट प्रमुखमा महाप्रसाद सुवेदी र सुनिता क्षत्री र मंगोल नेशनल अर्गनाइजेशनका सूर्यबहादुर थापा र तीर्थ गुरुङ्ले प्रमुख तथा उपप्रमुखमा प्रतिस्पर्धा गर्ने भएका हुन्। 

सदरमुकामसँगै रहेको पुतलीबजारमा अन्य ११ पालिकामध्ये सबैभन्दा बढी २ सय ६० जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका थिए। पाँच नगरपालिका र छ गाउँपालिकामा ५०७ स्थानीय जनप्रतिनिधिका लागि तेब्बर भन्दाबढी १ हजार ५४७ ले उम्मेदवारी दर्ता गराएका थिए। 

यसै गरी वालिङ्मा पनि नगर प्रमुखका २ जना, उपप्रमुख १ जना, वडाअध्यक्ष ५ जना तथा वडासदस्य १४ जनाले उमेद्वारी फिर्ता लिएका निर्वाचन अधिकृत उदवीर नेपालीले जनाए। नेकपा समाजवादीबाट मेयरमा उमेद्वारी दिएका टिकाराम रेग्मी र स्वतन्त्रबाट दिएका धनबहादुर गुरुङ र माओवादी केन्द्रका उपप्रमुख कल्पना अर्यालले फिर्ता लिएका हुन्।

वालिङमा प्रकाशित अन्तिम नामावली अनुशार काँग्रेसका दिलीप प्रताप खाँण, नेकपा एमालेका कृष्ण खाँण, नेकपा माओवादी केन्द्रका नित्यानन्द तिवारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्णबहादुर थापा क्षेत्री, स्वतन्त्रमा राजेन्द्र गैह र मंङ्गोल नेशनल अर्गनाइजेशनका सोमबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन्।

उपप्रमुखमा काँग्रेसकी कविता तिवारी, नेकपा एमालेका खगीसरा थापा मागर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का खगीसरा न्यौपाने र मंगोल नेशनल अर्गनाइजेशनकी जीनकुमारी गुरुङ छन्। आँधीखोला गाउँपालिकाको अध्यक्षमा २, वडाध्यक्षमा एक १, सदस्यमा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। बिरुवा गाउँपालिकामा एक राप्रपाका खुला सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् ।

फेदीखोला गाउँपालिकाको अध्यक्षमा एक, वडाध्यक्षमा २ जनाले उम्मेदवारी फिर्ता लिएको र अर्जुनचौपारी गाउँपालिकाका अध्यक्षमा २ जना र एक महिलाले उम्मेदवारी फिर्ता लिएको बताइएको छ। यहाँका कालीगण्डकी र हरिनाश गाउँपालिकामा भने कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएनन्। जिल्लामा मुख्यगरी १९ वटा बिभिन्न राजनीतिक दलले मान्यता पाएका छन्। तर, यहाँ मुख्य प्रतिस्पर्धी भने नेपाली कांग्रेस र नेकपा एमाले नै हुन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.