सुब्बाको जागिर त्यागेर वडाध्यक्षका उम्मेदवार

सुब्बाको जागिर त्यागेर वडाध्यक्षका उम्मेदवार

भोजपुर : यतिबेला पनि चुनावको माहोलले गाउँघरदेखि शहरबजार तातेको छ। चुनावी एजेन्डा लिएर उम्मेदवारहरु घरदैलोमा व्यस्त देखिन्छन्। उनीहरु सकेसम्म आफूलाई जनताप्रति उत्तरदायित्व बनाएका छन्। तीमध्ये यसपटकको चुनावमा पुराना अनुहारभन्दा नयाँ अनुहार धेरै छ। आफ्नो पेशा र जागिर छोडेर चुनावी मैदानमा होमिएका उदाहरणहरु आएका छन्। 

गाउँघरको विकास र जनताको सेवा गर्ने दृढ ईच्छाले आफ्नो सरकारी जागिर त्यागेर उम्मेदवार बनेका एक उदाहरण युवा हुन्, हतुवागढी गाउँपालिका-९ का सञ्जाल राई।

हतुवागढी गाउँपालिका कार्यालयको पञ्जीकरण प्रशासन फाँटका नायब सुब्बा रहेका राईले यो निर्वाचनमा आफ्नो ९ नम्बर वडाबाट उम्मेदवारी दिएका छन्। जागिर नै छाडेर चुनावी मैदानमा होमिएका राईको सपना नै गाउँको विकास गर्ने छ। भौगोलिक रुपले विकट क्षेत्र मानिने भोजपुरको हतुवागढी क्षेत्रका धेरै ग्रामीण भेगमा अझै पनि विकासको लहर पुग्न सकेको छैन।

आफ्नो गाउँलाई समृद्ध बनाउने अठोट बोकेका राईले नेकपा एमालेकोतर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार दिएका हुन्। ‘जागिरभन्दा पनि गाउँको विकास ठूलो हो, त्यसैले जागिरको मोह छोडेर जनताको घरदैलोमा पुगेको छु’ उनले भने, ‘गाउँमा अझै दुःख छ, विगत ५ वर्षमा सोचेजति विकास हुन सकेन, नागरिकको कष्ट उस्तै छ, केही परिवर्तन ल्याउने प्रबल मनसायले उम्मेदवारी दिएँ’ अघिल्लो स्थानीय तहको निर्वाचनपछि विकासको लहर ल्याउने काममा जनप्रतिनिधिहरुमध्ये केही सफल भए, केही असफल बने। तर राईको भने ती अधुरा कामलाई सार्थकता दिने पहिलो प्राथमिकता रहेको बताए। सडक पुगेपनि राम्रो पहुँच नहुँदा अझैपनि यस क्षेत्रका नागरिकहरु घण्टौं लगाएर सदरमुकाम आउने गरेका छन्। सडकको दिगो स्तरोन्नती गरेर योजनाहरुलाई अघि बढाउने उनको एजेन्डा छ। 

खानेपानी पहुँचलाई पनि विशेष ग्राह्यता दिएर सिँचाई र खेतीपातीबाट आर्थिकस्तर उकास्ने उनको लक्ष्य छ। शैक्षिक गुणस्तर उकास्ने र शिक्षित दक्ष जनशक्ति उत्पादनमूलक बनाउने उनले विश्वास व्यक्त गरे। यो स्थानीय तहको निर्वाचनमा विशेषगरी वडातहको उम्मेदवारीमा सबैभन्दा बढी युवापुस्ताको बर्चस्व देखिन्छ। नयाँ सोच, जोस, जाँगरहितको विकासे एजेन्डा लिएर नागरिक रिझाउनमा उनी व्यस्त छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.