गौतमबुद्धमा उडान भर्न विदेशी कम्पनीको चासो

गौतमबुद्धमा उडान भर्न विदेशी कम्पनीको चासो

भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले पनि चासो देखाएका छन्। यूएईको एअर अरेबिया र फ्लाई दुबाईले उडानका लागि तयारी गरिरहेको विमानस्थलका प्रवक्ता श्याम किशोर शाहले बताए। ‘उडान हुने मिति त तय भएको छैन,’ उनले भने, जेठभित्रै दुवै एयरलाइन्सले उडान भर्ने सम्भावना छ।’ 

कुवेतको जजिरा एयरलाइन्सले उडान गर्ने निश्चित भइसकेको छ। जजिराले यहाँबाट जेठ २ देखि नियमित उडान सुरु गर्ने भएको छ। ‘बिहान ७ बजे १ सय ७५ यात्रु लिएर एयर जजिराको न्यारो बडी एयरबस ३२० बिमान भैरहवामा अवतरण हुनेछ,’ प्रवक्ता शाहले भने। विमानस्थलको उद्घाटन पनि सोही दिन उद्घाटन गर्ने तालिका छ। अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई उडान गराउनका लागि बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ (बार्न) ले हालै विमानस्थलको अवलोकन गरेको थियो।  नेपाल वायुसेवा निगमका निर्देशक जनकराज कलाखेती, टर्किस एयरलाइन्सका स्टेसन म्यानेजर रेशु सिंह, प्रेसिडेन्ट ट्राभल्सका भोला बिक्रम थापा, फ्लाई दुबईका स्टेसन म्यानेजर नवराज शाही, क्याट थे ड्रेगनका प्रतिनिधि, एयर अरेबियाका एयर म्यानेजर अनिल विजयन लगायत ११ जनाको टोलीले अवलोकन गरेका हुन्। 

टोलीले विमानस्थलले यात्रुलाई दिने सेवा सुविधा, सुरक्षा, भन्सार अध्यागमन लगायतबारे जानकारी लिएका थिए। टोलीले उडान भर्नका लागि कम्पनीको मुख्यालयमा अनुरोध गर्ने सहमति गरेको उनको भनाइ छ। यासका साथै ल्यान्डिङ, पार्किङ, ग्राउन्ड ह्यान्डलिङ लगायतमा अग्रिम छुट हुनुपर्ने विषय पनि उठान गरेका थिए। उक्त माग जेठ २ गते अघावै सम्बोधन हुने विमानस्थल प्रशासनले जनाएको छ। विमानस्थलबाट कार्गो उडान पनि हुनेछ। कार्गोसँग सम्बन्धित कम्पनीले पनि उडानका लागि चासो दिएका छन्। 

भारतको उत्तर प्रदेशबाट खाडीमुलुक जाने ६० प्रतिशत नागरिकले यो विमानस्थल प्रयोग गर्ने अपेक्षा रहेको प्रवक्ता शाह बताउँछन्। यसअघि नेपाल एयरलाइन्सको वाइडबडी विमानले भैरहवामा सफल परीक्षण उडान गरिसकेको छ। सो परीक्षणले विमानस्थल पूर्णतया सुरक्षित रहेको र वाइडबडी विमान पनि सहजै अवतरण गर्न सक्ने सन्देश दिएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.