पाल्पाको बगनासकालीको प्रमुखमा महिला उम्मेदवारबीच कडा टक्कर

पाल्पाको बगनासकालीको प्रमुखमा महिला उम्मेदवारबीच कडा टक्कर

तानसेन : पालिका प्रमुखदेखि वडा अध्यक्षसम्म महिलाको उम्मेदवारी अत्यन्तै कम परिरहेको समयमा पाल्पाको बगनासकाली गाउँपालिकाले भने यसपटक स्थानीय तह निर्वाचन २०७९ बाट महिला प्रमुख पाउने सुनिश्चित भएको छ । पाल्पामा पहिलो पटक पालिकाको नेतृत्व महिलाले गर्ने भएका हुन्  । नेकपा एमाले पाल्पाले जिल्लाको बगनासकाली गाउँपालिकामा निवर्तमान पालिका उपाध्यक्ष सरस्वति चिदी दर्लामीलाई अध्यक्ष पदको उम्मेदवार बनाएपछि ५ दलीय गठबन्धनले नेपाली कांग्रेसकी सचिव सुनिता अधिकारीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । 

पत्रकार अम्बिका पाण्डेले अध्यक्ष पदमा स्वतन्त्रबाट  र जनता समाजवादीकी  मिना कुमारी गाँहाले  अध्यक्षको उम्मेदवारी  दिएका छन् । गाउँपालिकाको अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेपनि  मुख्य प्रतिष्पर्धा भने एमालेकी उम्मेदवार चिदी र गठबन्धनकी उम्मेदवार अधिकारीबीच देखिएको छ । 

अध्यक्षका उम्मेदवार चिदीको टोलीले ५ वर्षे घोषणापत्र बनाएर चुनावी अभियानमा खटिएकी छन । ५ वर्षसम्म पालिकाको उपाध्यक्ष भई काम गरेको अनुभव र अपुरा रहेका काम पुरा गरी सुखी जनता र सम्वृद्ध बगनासकाली निर्माणको लागि जनताले आफ्नो नेतृत्वमा नेकपा एमालेका उम्मेदवारहरु  विजयी हुने अध्यक्ष पदकी उम्मेदवार  सरस्वती चिदीले बताइन् । 

विधार्थी राजनीतिबाट पार्टी राजनीति गर्दै जनप्रतिनिधिमा होमिएकी गठबन्धनकी साझा उम्मेदवार सुनिता अधिकारी पनि आफ्नो पक्षमा चुनावी माहोल बनाउन जनताको घरदैलो अभियानामा जुटेकी छिन् ।  बगनासकालीमा गठबन्धन दलका उम्मेदवारहरुले एउटै घोषणापत्र, तथा  कार्यक्रम लिएर जनतासँग पुगेका छन् । 

बगनासकालीको दिगो विकास, शिक्षा, स्वास्थ्य रोजगार, कृषि पशुपालन तथा सिंचाइ सुविधानका लागि  गठबन्धनका उम्मेदवारहरु विजयी हुने अध्यक्ष पदकी उम्मेदवार सुनिता अधिकारीले बताइन्। पालिकाको प्रमुखमा महिला निर्वाचित हुने भएपनि उप प्रमुखमा पुरुष आउनेछन् ।

उपाध्यक्षको कार्यकाल राम्रो काम गरेको, जनता र पाटीबीच लोकप्रिय बनेकै कारण महिला लाई प्रमुखमा सिफारिस गरेको एमालेका उपाध्यक्षका उम्मेदवार एव पार्टी पालिका प्रमुख हरीप्रसाद पाठकले बताए । वैशाख ३० हुने स्थानीय निर्वाचनपछि महिलाको नेतृत्वमा पुरुष उपाध्यक्ष भएर काम गर्ने बगनासकाली गाउँपालिका  लुम्बिनी प्रदेशकै नमूना पालिका हुनेछ ।

 बगनासकाली गाउँपालिकाको उपाध्यक्ष पदमा  नेकपा एमालेका हरी प्रसाद पाठक र गठबन्धका उम्मेदवार  खिमानन्द पाण्डे ( कमल)  बीच मुख्य प्रतिष्पर्धा रहेको छ । गठबन्धनको  साझा घोषणा पत्र, साझा उम्मेदवार, साझा नारा, सहमति, सहकार्यमा विकास योजना निर्माण गरिने गठबन्धन बगनासकालीका उपाध्यक्षका उम्मेदवार खिमानन्द पाण्डे ( कमल)ले दावी गरे । 

२०७४ सालको स्थानीय निर्वाचनमा बगनासकाली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रको समर्थनमा  नेपाली कांग्रेसका कृष्ण प्रसाद बस्यालले ५५९४ मत ल्याई विजयी भएका थिए भने नेकपा एमालेका देवी प्रसाद बस्यालले ५३४६ मत ल्याई उप विजेता बनेका थिए । 

 बगनासकाली गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ मा ९५०५ पुरुष, १०३३४ महिला गरी १९८३९ मतदाता रहेका छन । पालिका भित्र ११ मतदान स्थलको २२ वटा मतदान केन्द्रबाट मतदाताले मतदान गर्ने व्यवस्था मिलाएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.