स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना: १४ जनाको मृत्यु
वैशाख ३०, २०७९ शुक्रबार ११:४९:०
स्याङ्जा : मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु भएको छ। मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार अहिले उद्धार कार्य भइरहेको छ।
दुर्घटनामा घाइते भएकाहरुलाई पोखरा पठाइएको छ।