रुपन्देहीमा उत्साहपूर्ण मतदान [तस्बिर]

रुपन्देहीमा उत्साहपूर्ण मतदान [तस्बिर]

भैरहवा : स्थानीय तह निर्वाचनमा रुपन्देहीमा उत्साहपूर्ण मतदान भइरहेको छ। मतदाता बिहानैदेखि लाइनमा बसेर आफ्नो मताधिकारको प्रयोग गरिरहेका छन्। मतदान केन्द्रमाहरु मतदाताको बाक्लो भीड छ।

जिल्लामा ७ सय मतदान केन्द्र र २ सय ८ मतदानस्थल तोकिएको छ। ६ लाख ३२ हजार ३६० मतदाता रहेको रुपन्देहीका उत्साह र शान्तिपूर्वक मतदान भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

निर्वाचनलाई लक्षित गरेर जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ। सबै मतदानस्थल, केन्द्रको सुरक्षा र निगरानीसँगै  नागरिकलाई भयरहित वातावरणमा मतादान गर्ने वातावरण तयार गर्न सुरक्षा व्यवस्था मजबुत पारिएको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

उनले जिल्लामा निर्वाचन सुरक्षाका लागि चार हजार ६ सय चार सुरक्षाकर्मी परिचालन गरिएको बताए। नेपाल प्रहरी १ हजार ४ सय, सशस्त्र प्रहरी ६ सय, नेपाली सेना ६ सय र म्यादी प्रहरी २ हजार ४ सय परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ। मतदाताहरु आफ्नो जनप्रतिनिधि चुन्नका लागि मतदान गर्न पाउँदा निकै हर्षित छन्।

यसैबीच, गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेका छन्। गृहमन्त्री खाँणले रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ को ज्योति आधारभूत स्कूलमा मतदान गरेका हुन्। नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका उनले बिहान सवा ७ बजे मतदान गरेका हुन्। यही मतदान केन्द्रबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि मतदान गरेका छन्।

यस्तै, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले रुपन्देहीकै तिलोत्तमा नगरपालिका वडा नम्बर ९ को विश्वशान्ति आधारभूत स्कूलको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।

यस्तै, पूर्वमन्त्री एवं राप्रपा नेता दीपक बोहराले सिद्धार्थनगर वडा नम्बर ३ स्थित खजहना आधारभूत विद्यालयमा रहेको मतदान स्थलमा पुगेर मतदान गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.