दाङमा उत्साहपूर्ण निर्वाचन
दाङ : जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । पछिल्लो अद्यावधिक तथ्याकंअनुसार दाङमा ५० प्रतिशत मत खसेको छ । स्थानीय तह निर्वाचनमा अहिले पनि मतदाताहरु मत खसालिरहेका छन् । मतदान बिहान ७ बजेदेखि जिल्लामा एकैसाथ सुरु भएको हो।
जिल्लाका दश पालिका र ९९ वडाका केन्द्रमा उत्साहजनक र शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ ।
यस्तै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को जनता विद्यापीठ विजौरीको 'ख' केन्द्रबाट मतदान गरेका छन् ।