कर्मचारीले भोट हालेपछि विवाद ,गोरखाको माइकोटमा अझै सुरु भएन मतदान
गोरखा : बारपाक सुलिकोट गाउँपालिका ६ माईकोट मावि मतदान केन्द्रमा दुई घण्टादेखि निर्वाचन रोकिएको छ । ‘क’ मतदान केन्द्रमा खटिएका निर्वाचन कर्मचारीले मतदान गरेको विषयमा विवाद हुँदा मतदान कार्य रोकिएको पालिका निर्वाचन कार्यालयका प्रमुख शेषकान्त पौडेलले जानकारी दिए ।
सहायक कर्मचारी सन्जिव थापाले चन्द्रकला मावि केन्द्रस्थित आफ्नो नामावली रहेको ठाउँ मतदान गरी कर्मचारीको रुपमा काम गर्न आएपछि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए । विरोधपछि सो मतदान स्थलमा रहेको दुवै केन्द्रमा मतदान रोकिएको हो । दुई बजेदेखि सिर्जित सो समस्या अहिलेसम्म समाधान नभएको पौडेलले बताए । मतदान सुचारु गर्न सर्वदलीय बैठक बसेको छ ।
प्रतिक्रिया दिनुहोस !